October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हुम्लाका ४४ वटै वडामा माओवादीको अधिवेशन सम्पन्न

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ २७, २०८१ 0५:२७
हुम्लाका ४४ वटै वडामा माओवादीको अधिवेशन सम्पन्न

बाजुरा- नेकपा माओवादी केन्द्र हुम्लाले ७ वटा पालिकाका सम्पुर्ण वडामा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

हुम्लाका ७ गाँउपालिकाका ४४ वटा वडामा आज दोस्रो वडा अधिबेशन सम्पन्न भएको हो । गत जेठ ४ गते सर्केगाड गाउँपालिकामा बसेको जिल्ला कमिटीको बैठकले जेठ २६ गते जिल्लाभर एकै साथ अधिवेशन गर्ने निर्णय अनुसार आज सम्पन्न भएको हुम्लाबाट हाम्रा सहकर्मी बैज्ञानीक शर्माले जानकारी दिनुभएको छ ।अहिलेसम्मको प्राप्त जानकारी अनुसार सवै वडामा सहमतिको आधारमा वडा कमिटी गठन गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी ताँजाकोट गाउँपालिकाका पाँच वटै वडामा २५÷२५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसमा वडा नं १ मा राज बहादुर खड्का, २ मा कर्ण प्रसाद जैसी, ३ मा मुन बहादुर शाही, ४ मा मनप्रसाद ढकाल र वडा नं ५ मा बलबान रावल अध्यक्ष चयन भएको बताउनुभयो । गाउँ कमिटी अधिवेशन भने आउदो भदौ महिनामा सञ्चालन हुने प्रदेश कमिटी सदस्य कर्णलाल बुढा साजनलाई उद्धृत गर्दै हुम्लाबाट शर्माले बताउनुभएको छ

  • सेती कर्णाली खबर
  • -