October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बिरुवा हुर्काए बापत किसानलाई चामल वितरण

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ २७, २०८१ 0५:00
बिरुवा हुर्काए बापत किसानलाई चामल वितरण

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका बिरुवा हुर्काए बापत किसानलाई प्रोत्साहन स्वरुप चामल वितरण गरिएको छ।

हिमाली गाउँपालिका महत्त्वपूर्ण कार्यक्रम खाद्य सुरक्षाका लागि वृक्षरोपण कार्यक्रम आर्थिक वर्ष २०७६/०७७ बाट सुरु गरिएको हो। सुरु भएको वर्षमा पालिकाले ५० हजार बिरुवा पालिका भित्र रहेका सातै वडामा कृषकलाई वितरण गरि रोपेका हुन। जस्तैः स्याउ, ओखर, सुन्तला, कागती र डाले गास लगाएको थियोे। हालसम्म ३५ हजार बोट बिरुवा हुर्काएका छन। भने पलाएको बिरुवा अग्लो साल बाट फलफूल फल्न सुरु गरिसकेको छन।

बिरुवा हुर्काए बापत चामल दिने पाँच वर्षका लागि यो वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको थियो। अहिले अन्तिम वर्षको कार्यक्रम रहेकोे छ। किसानले १ बोट रोपेको बापत ५ के.जी. चामल वितरण गर्दै आइरहेको हुँदा अहिले अन्तिम वर्षको कार्यक्रममा हिमाली गाउँपालिका वडा नम्बर ३ का युवा, गुम्बा र बौडी गाउँका कृषकहरूलाई १ सय ९ क्वीन्टल ८५ किलोग्राम चामल वितरण गरिएको हिमाली गाउँपालिका कृषि विकास शाखा प्रमुख टोपबहादुर शाहीले बताएका छन।

पालिकाको सबैभन्दा टाढा भएको हुँदा पहिलो प्राथमिकता आधारमा चामल वितरण गरिएको छ। सडक संजाल जोडिएको ठाउँ सम्म पालिकाले चामल ढुवानी गरेर वितरण गरिएको छ। चामल वितरण कार्यक्रम भैरहेको छ। हामीले असार १५ गतेसम्म सबै वडामा वितरण गरिसक्ने गरी लागिपरेका शाहीले बताएका छन।

वृक्षरोपण कार्यक्रम हिमाली गाउँपालिकामा ५ वर्ष पुरा हुन लागेको छ। कृषकले एक बिरुवा जुन लगाएको बोट हुर्काएको बापत पाँच किलोग्राम चामल दिने कार्यक्रम धेरै राम्रो हुँदै गइरहेको देखिन्छ। जसका निम्ति बोट बारीमा हुर्काएको अनुसार किसानलाई प्रोत्साहन स्वरुप बोटाको ५ किलोग्राम चामल हामीले दिदै आएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

किसान बारीमा लगाएका स्याउ र ओखर सहित स्थानीय रैथाने बालीलाई बजारीकरण गर्न धुलाचौरमा शीत गृह भवन निर्माण काम गरिएको छ। प्रत्येक वडामा फलफूल बजारमा बजारीकरणका लागि फलफूल संकलन केन्द्र र रष्ट्रिक केन्द्र निर्माणकार्य तिव्र रूपमा भएको छ।। सडक जोडिएको गाउँ सम्म फलफूल तथा रैथाने बाली ढुवानी गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ। अब कृषकले गाउँ जस्तो तरकारी उत्पादन गरेपनि बिक्रीवितरण गर्न हामी सिङ्गो गाउँपालिका त्यसको लागि परेको पालिका अध्यक्ष मल्लले बताए।

  • सेती कर्णाली खबर
  • -