October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाँकेमा ट्यालेन्ड सिजन टु सञ्चालन हुने

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २१, २०८१ १५:५७
बाँकेमा ट्यालेन्ड सिजन टु सञ्चालन हुने

जित जङ्ग कटेल,नेपालगन्ज- बाँके जिल्लामा ट्यालेन्ड सिजन टु सञ्चालन हुने भएकाे छ।

बाल जा गुरुप काेहलपुरकाे आयोजनामा सिजन टु सञ्चालन हुन लागेकाे हाे। उक्त कार्यक्रम अडिशन राउन्ड मेगा राउन्ड र फाइनल राउन्ड गरी तीन चरणमा बिभाजन गरिएको छ। अडिशन राउन्ड असार एक गते नेपालगन्ज र काेहलपुर गरेर दुई ठाउँमा सञ्चालनमा गरिने भएको छ। बाँकि राउन्ड एकै ठाउँमा सञ्चालन हुने बाल जा गरुबका अध्यक्ष नरेश रावलले जानकारी दिनुभएको छ।

अडिशन राउन्ड नेपालगन्ज हाेटेल सियाष्टिमा हुने छ। काेहलपुरकाे अडिशन राउन्ड निम कटेजमा सञ्चालन हुने अध्यक्ष रावलले बताउनु भएको छ।उक्त प्रतियाेगिताकाे बिजेताले प्रथम पुरस्कार रु. ३० हजार, दृतियलाई २० हजार र तृतीयलाई रु १० हजार सहित सान्त्वनाले प्रमाणपत्र सम्मानपत्र प्रदान गर्ने आयोजकले जानकारी गराएकाे छ। कार्यक्रमकाे निर्णाय मण्डल काेहलपुरकाे लागि झरना सुनार, दुर्गा राना मगर, राके माैरियाले गर्ने भएका छन।

नेपालगन्जकाे लागि स्वभा खड्का, लभ्भि बिष्ट मगर, बिविन जङ्ग क्षेत्रीले गर्ने भएका छन। उक्त कार्यक्रम अडिशन राउन्ड असार १ गते सञ्चालन हुने भएको छ। मेगा राउन्ड असार ८ गते र फाइनल असार १४ गते हुने छ। साथै कार्यक्रमकाे सञ्चालन जित जङ्ग कटेल र उषा आचार्यले गर्नु हुने छ। बाके ट्यालेन्ड सिजन टु काे सहभागी शुल्क रु. पाँच सय रुपैया रहेकोे छ।

  • सेती कर्णाली खबर
  • -