October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बिच्छया स्वास्थ्य शिविरमा १ सय ५५ जनाले सेवा पाए

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ १९, २०८१ 0७:२२
बिच्छया स्वास्थ्य शिविरमा १ सय ५५ जनाले सेवा पाए

बाजुरा- बिच्छयामा प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धि नि:शुल्क शिविर सञ्चालनमा १ सय ५५ जनाले सेवा पाएका छन।

स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा स्थानीय तह हरुको समन्वय हिमाली गाउँपालिका वडा नम्बर १ को बिच्छ्या स्वास्थ्यकर्मी चौकीमा स्वास्थ्य सेवा सहित नि:शुल्क स्वास्थ्य रुग्णता सम्बन्धि शिविर सञ्चालन गरिएको छ। दुर्गम गाउँमा रहेका महिलालाई सहज पार्नेका लागि शिविर सञ्चालन गरिएको छ। दुर्गम गाउँका घरदैलोमा त्यहाँका स्थानीय महिलाको प्रजनन स्वास्थ्य सम्बन्धि नि:शुल्क शिविर सञ्चालन हुँदा स्थानीय नागरिक खुशी भएका छन।

शिविरमा नि:शुल्क प्रजनन स्वास्थ्य उपचारमा विशेषगरी चिकित्सक द्रारा सेवाग्राहीको चेकजाँच, निदान, उपचार तथा प्रेषण सेवा र पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ महिलाहरू जाच तथा परामर्श, पाठेघर खसेको महिलाहरू स्क्रिनिङ तथा रिङ प्रेसरी राख्ने, प्रसबको कारणले फिस्टुला भएको महिलाहरूको स्क्रिनिङ व्यवस्थापन तथा परामर्श सेवा दिएको छ।

बाँझोपनको चेकजाँच तथा परामर्श, महिलाहरूमा तल्लो पेट दुख्ने, चिलाउने, सेतो पानी बग्ने समस्या उपचार र परिवार नियोजनका लागि अवधीको अस्थाई साधन ईम्प्लाण्ट, आई. यु.सि.डि. सेवा समेत दिएको छ। सुरक्षित गर्भपतन सम्बन्धि परामर्श तथा प्रेषण सेवा, नि: शुल्क औषधि समेत वितरण गरिएको स्वास्थ्य कार्यालय मार्तडी बाजुराले जनाएको छ।

दुर्गम गाउँका महिलाको प्रजनन स्वास्थ्य सेवा सानोतिनो बिरामीलाई गाउँमा उपचार पाउन भन्ने हिसाबले स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। त्यहाँ स्थानीय आर्थिक अभाव न्युन भएका महिलाहरू लाई उपचार दुर्गम बस्तीमा पाउनका लागि विशेष सेवा तरिकाले गाउँमा शिविर भएको छ।

  • सेती कर्णाली खबर
  • -