October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

छुट हलियाहरुको लगत संकलन लागि गणकलाई १ दिने अभिमुखिकरण

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख २६, २०८१ १२:५९
छुट हलियाहरुको लगत संकलन लागि गणकलाई १ दिने अभिमुखिकरण

सेतीकर्णाली खबर/बाजुरा- छुट हलियाहरुको लगत संकलन लागि गणकहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल र एक्सनएड नेपाल सहयोगमा हिमाली गाउँपालिका धुलाचौरमा गरिएको छ। गाउँपालिका भित्रका वडाका लागत संकलन गर्ने गणकहरु लाई अभिमुखिकरण कार्यक्रम गरेको छन। वडामा छुटेका हलिया मुक्तहरु लाई प्रत्येक घरदैलोमा गएर गणकले नयाँ फर्म भर्नका लागि छनोट गरिसकेको तथ्यांक संकलन गर्नका निम्ति यो अभिमुखिकरण कार्यक्रम गरिएको छ।

वडा हलिया मुक्त बाट छुटेका हलिया लागत संकलन गर्नका वडा नम्बर १ देखि ७ सम्मका वडा गणक वडा कार्यालय छनोट गरि खटाएको छ। उनीहरू लाई गाउँमा गएर फर्म भर्न पर्दा कुनै अप्ठ्यारो नहोस् भन्नका लागि गणक लाई अभिमुकरण कार्यक्रम गरेर प्रभावकारी बनाउनका निम्ति यो कार्यक्रम सञ्चालन गरिएको हो। बाजुरा जिल्लामा हालसम्म १ हजार ३ सय ५३ जना हलिया मुक्त रहेका छन। भने त्यसमा पनि विशेषगरी ‘क’ वर्ग १ सय ४२ जना, ख’ वर्गमा २ सय ४६ जना, ‘ग’ बर्गमा १ सय ५० जना र ‘घ’ वर्गमा ८ सय ४६ जना हलिया मुक्त गरि १हजार १ सय ८९ जनाले मात्र हलिया परिचयपत्र पाएका छन। भने २०७१ मा लागत संकलन अनुसार २ सय १६ जना हलिया मुक्तले परिचयपत्र नपाएको कार्यक्रम सहजीकरण महेश कार्कीले जनाए।

पछिल्लो चरण कुनै पनि हलिया मुक्त नछुटोस भन्नका निम्ति हिमाली गाउँपालिका सबै वडामा हलिया मुक्तको लागत संकलन गर्न गणक सहित गाउँमा एक महिनाको लागि पठाएको छ। लागत संकलन भयो भने वडा तथा पालिकालाई त्यसको विवरण दिनका लागि आफू चाहिनेका लागि सहज हुने भएको छ। कुनै गाउँ बस्ती पुगेर कुनै वडाका हलिया नछुटाउनु सक्दो प्रयास समेत लागेर लागत संकलन गर्न समेत आग्रह गरेको राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल बाजुराले जनाएको छ।

सोही कार्यक्रम हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको हो। उक्त कार्यक्रम सबै वडाका वडा अध्यक्षहरु राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल बाजुराका अध्यक्ष लाल वीर सार्की पालिका शाखाका कर्मचारी र गणक टोली सहित उपस्थितिमा एक दिने हलिया मुक्त लागत संकलन अभिमुखिकरण कार्यक्रम गरिएको छ। कार्यक्रम सहजीकरण महेश कार्कीले गर्नुभएको आयोजकले बताएको छ।

  • सेती कर्णाली खबर
  • -