October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कर्णाली नदिमा एक महिला मृत फेला

  • सेती कर्णाली खबर
  • शनिबार, बैशाख २२, २०८१ १६:५६
कर्णाली नदिमा एक महिला मृत फेला

बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा शनिबार दिउँसो एक महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा पहिचान नखुलेकी २० वर्षीया महिला मृत फेला परेको बताएको छ ।

कर्णाली नदीमा मृत फेला परेकी महिलाको पहिचान खुलाउन प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ । मृतक महिलाको नाम थर वतन नखुलेको प्रहरीको भनाई रहेको छ ।

  • सेती कर्णाली खबर
  • -