October 25, 2024 | शुक्रबार, कार्तिक ९, २०८१

परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम हिमालीमा

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन २४, २०८० १२:३५
परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम हिमालीमा

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर २ र ५ मा परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम गरिएको छ।

हिमाली गाउँपालिका स्वास्थ्य शाखा आयोजनामा वडा नम्बर २ र ५ को वडाका गाउँमा परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम गरिएको छ। फागुन २१ गतेदेखि २३ गतेसम्म निरन्तर ३ दिनसम्म अभियान सञ्चालन गरिएको छ। यही महिनाको २१ र २२ गतेको दुई दिन परिवार नियोजन सम्बन्धि परामर्श अभियान कार्यक्रम गरिएको रुगिन स्वास्थ्य चौकी इन्चार्ज विमला पाण्डेले बताएकी छन।

२३ गते दिनमा गाउँ टोलका महिलालाई ईम्प्लान्ट राख्ने काम गरिएको हो। वडा नम्बर ५ को बच्छ्या गाउँ १ जना र क्युडी गाउँ १० जना गरि ११ जना महिलाले ईम्प्लान्ट राखेका छन। सि.पि.आर. बढाउने लक्ष्यका यो अभियान भएको हो। जसले नचाहेको गर्भवती रोक्ने यसको मुख्य योजना रहेकोे छ। ला सेवा परियोजना रोख्नका लागि विशेष अभियान भएको छ। गाउँ गरमा परिवार परियोजना सम्बन्धि परामर्श कार्यक्रम गरिएको इन्चार्ज पाण्डेले बताएका छन।

  • सेती कर्णाली खबर
  • -