October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

भारी वर्षाले स्थानीय जनजीवन प्रभावित

  • सेती कर्णाली खबर
  • सोमवार, फाल्गुन २१, २०८० 0३:३0
भारी वर्षाले स्थानीय जनजीवन प्रभावित

बाजुरा- जिल्लाका उच्च हिमाली भेगमा भारी वर्षा संगै हिमपातका कारणले गर्दा स्थानीय जनजीवन प्रभावित भएका छन।

फागुन १८ गते शुक्रबार रातिदेखि आएको निरन्तर वर्षा संगै भारी हिमपात हुँदा बाजुरा जिल्ला भित्रका हिमाली भेगका क्षेत्रका स्थानीय जनजीवन कष्टकर भएको छ। मौसम बदलिँदो संगै भारी हिमपात र बर्षाका बाजुरा लगायत हुम्ला र मुगु जिल्ला उच्च हिमाली भेगमा पर्ने स्थानहरुको ठाउँमा समस्या परेका छन।

बाजुरा अधिकास उच्च भेगमा वर्षा र हिमपात भैरहेको देखिन्छ। जसले गर्दा धेरै मान्छेहरू आवतजावत गर्ने बढो समस्या परेका छन। बाजुराका बुढिनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका अधिकास लेकाली भूभागमा हिमपातसँगै बर्षा भइरहेकाे स्थानीयले बताएका छन।

हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगायतका विभिन्न बालीलाई फाइदा पुगेको किसानले बताएका छन् । यो वर्षाले विभिन्न अन्नवाली, फलफूल र तरकारी लगायत कृषि क्षेत्रमा किसानलाई फाइदा भएको कृषक बताए। माघ महिनादेखि वर्षा पटकपटक आइरहेको हुँदा सिचाइ क्षेत्र पहुँच नभएको जमिनको बालिनालीमा बाजुरा अधिकास भेगमा अन्नवालीमा कृषकलाई राहत स्वरूप भएको कृषकले बताएका छ्न।

  • सेती कर्णाली खबर
  • -