October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बनाएका मुर्ति बजारीकरण नपाउदा घरमा सजाउदै: बुढथापा

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन १८, २०८० 0९:१४
बनाएका मुर्ति बजारीकरण नपाउदा घरमा सजाउदै: बुढथापा

उमेश रोकाया,फागुन १८,बाजुरा- बनाएका मुर्ति बजारीकरण नपाउदा घरमा सजाउने गरेको राज बहादुर बुढथापाले जनाएका छन।

हिमाली गाउँपालिका वडा नम्बर ५ रुगिन गाउँका राज बहादुर बुढथापा विगत ५ वर्षदेखि गाउँमा विभिन्न मुर्ति बनाउदै आइरहेका छन। गाउँमा बनाएका मुर्तिहरु अहिलेसम्म कहिले देवता चढाउने हिसाबले तथा घरमा सजाउनका लागि किन्ने गरेका छन। धेरै जसो मुर्ति बनाएर राखे पनि बिक्री नहुदा आजभोलि घरमा त्यतिकै राख्ने गरेको छ।

‘अहिले आफ्नो घरमा सीता भगवान, सरस्वती माता, कालिका देविको, गणेश भगवान मुर्ति बनाएर बजार नपाएपछि खाली घरमा राखेको छन। फोटो हेरेर जस्ताको त्यसतै फोटो अनुसार मुर्ति बनाइरहेको बुढथापाको भनाइ छ।’ स्रोतसाधन आफ्नै रहेकोे छ। अहिलेसम्म कुनै निकायले मुर्ति बनाउन सामान सहयोग नगरेको गुनासो गरेका छन।

घरमा बसेर आफ्नै चौडा, लिकान र हतौडा प्रयोग गरेर दैनिक दिन मुर्ति घरायसी तरिकाले बनाउन काम भैरहेको छ। मुर्ति बनाउन कुनै ठाउँ बाट तालिम प्राप्त नगरी बनाउने गरेको हो। आफ्नै दिमाग लगाएर मानसिकताले मूर्तिकला गर्ने लागेको उनको भनाइ रहेकोे छ। अहिले घरमा ५ वटा मुर्ति राखेका छन। यही महिनामा दुई वटा मुर्ति बेचिएको छ। केही बनाएका मुर्तिले प्रचारप्रसार कमि तथा बजारीकरण अभावको कारणले घरमा सजावटका रुपमा राख्ने गरेको छ।

अहिलेसम्म दैनिक दिनमा मुर्ति बनाउन गरेको भएपनि बजार नपाउदा निकै कष्टकर भएको छ। आजभोलि कसैले यो मुर्ति बनाउन भनेर अडर आए मात्र मुर्ति बनाउने काम गरिन्छ। आफ्नो आयोस्रोत केहि पनि नरहेको व्यवसायी काम गरे पनि बनाएका मूर्तिकला बिक्रीवितरण नहुदा समस्या भएको राज बहादुर बुढथापाले बताएका छन। मुर्ति व्यवसायीका तरिकाले अगाडी बढीको भएपनि बनाएको मुर्ति बजारीकरण नपाउदा निकै समस्या भएको छ। अडर गरियो भने नेपाली खुकुरी जस्ता बस्तु पनि मूर्ति बनाउने गरेको छु।

कहिलेकाही मुर्ति स्कुलमा अडर गरियो भने पठाउने गरेको छु। घरमा बनाइरहेका मुर्तिले बजार पाओस् भन्ने आशामा रहेकोे उनले भनाइ रहेकोे छ। बनाएका मुर्ति बजार नपाउदा त्यतिकै अन्धकार परेको छु। आफुले बनाएको जुन कला सीप जतिसुकै भएपनि मुर्ति ठाउँमा बिक्रीवितरण नहुदा अलमल परेको छन। बनाएको मुर्ति बजारीकरण भयो भने काम गर्ने जोश जागरुक लाग्ने सक्ने अवस्था रहेकोे थियोे। आफ्नो मूर्तिकला बनाउने स्रोतसाधन गाउँपालिका तथा गैरसरकारी लगायत विभिन्न निकायले सहयोग व्यवस्थापन गरिदिने हो भने आफ्नो थप हौसला प्रदान हुने र आमदानी स्रोत बढ्ने बुढथापाले बताएका छन।

  • सेती कर्णाली खबर
  • -