October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

फलफूल बगैंचा काटछाट तथा व्यवस्थापन सम्बन्धि स्थलगत तालिम सञ्चालन

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ २५, २०८० 0३:0६
फलफूल बगैंचा काटछाट तथा व्यवस्थापन सम्बन्धि स्थलगत तालिम सञ्चालन

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका फलफूल बगैंचा काटछाट तथा व्यवस्थापन सम्बन्धि एक दिने स्थलगत तालिम सञ्चालन गरिएको छ।

गाउँपालिकाका ७ वडाका २५ गाउँमा फलफूल बगैंचा काटछाट तथा व्यवस्थापन सम्बन्धि एक दिने स्थलगत तालिम सञ्चालन गरिएको हिमाली गाउँपालिका कृषि शाखा प्रमुख टोपबहादुर शाहीले बताएका छ्न। १ गाउँमा २० देखि २५ जनको अगुवा कृषक सहभागिता भइ बिरुवा काटछाट सम्बन्ध तालिम गराएको छ।

बगैंचा लाग्ने मुख्य रोग तथा किराको क्षति व्यवस्थापन गर्नका निम्ति बगैंचा तौलिया खाको बाट काटछाट गरिएको छ। बोट भाग तथा बिरुवामा बोर्डो पोष्ट लगाउने सिकेचर र आरा एक अगुवा कृषक समुह १ सेट सामग्री हस्तान्तरण गरिएको शाखा प्रमुख शाहीले बताएका छन।

प्रत्येक वडा तथा गाउँमा पालिका कर्मचारी खटाएको छ। जुन कृषकले लगाएका फलफूल खेती थप उर्जा गर्नका लागि कृषकको खेतबारीमा स्थलगत ठाउँमा पुगेर बिरुवा काटछाट सम्बन्धि तालिम प्रदान गरेको छ। तालिम लिए जतिका कृषकले आफै बिरुवा काटछाट गर्ने खालको योग्य बनाएको छ। यसले कृषकलाई फाइदाजनक खालको निरन्तर कृषकलाई तालिम तथा अभियानका रूपमा गरिएको हिमाली गाउँपालिकाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • -