October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बिरामीले थला परेका रोकाया आर्थिक सहयोगका लागि अपिल

  • सेती कर्णाली खबर
  • बुधबार, माघ २४, २०८० १0:४७
बिरामीले थला परेका रोकाया आर्थिक सहयोगका लागि अपिल

उमेश रोकाया,बाजुरा- आर्थिक अभावले गर्दा उपचार हुन नसकेका धन बहादुर रोकाया धुलाचौरमा थला परेका छन।

विगत १२ वर्ष देखि उपचार गर्न नपाएर घरमा रहेका छन। अहिले हुम्ला जिल्लाको पैमा मेडिकल लिएर धुलाचौरमा राखिएका छन। घरमा आर्थिक अभावको कारणले अहिले आर्थिक जुटाउन हार्दिक अपिल समेत गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ का धन बहादुर रोकाया आर्थिक अभावको कारणले उपचार गर्न समस्या भएको हुँदा धुलाचौर बजारमा पैसा नहुदा आफ्ना आफन्तको होटेलमा बसिरहेका छन। पहिलो पटक बिरामी हुँदा जिल्ला भएको जिल्ला अस्पताल मार्तडी उपचार गर्न लिएको हो।

जिल्ला अस्पताल बाजुरा उपचार गर्न लैजाने क्रममा केही औषधि गरियो केही उपचारका लागि यता बाट औषधी लैजानु फेरि यता आउनु पर्दैन कोल्टी प्राथमिक केन्द्र औषधि पाइन्छ। त्यहा बाट लैजानु भनेका हुन। बिच औषधि लिदै गर्दा कहिले सन्चो हुने कहिले बिरामी हुने गरेका थिए। घरमा पैसाको अभावमा हुँदा कोल्टी ३ पटक घरबाट बोकेर उपचार गर्न लिएको उनका बुवा जोगा रोकायाले बताएका छन। औषधि सकिने बित्तिकै औषधि किन्ने पैसा नहुदा फेरि बिरामी दोहोरिने गरिने गरिन्थ्यो। पटकपटक नजिकै कोल्टी बजारमा रहेकोे मेडिकल तथा स्वास्थमा लगायत ठाउमा उपचार गर्ने गर्दा पनि रोग पत्ता नलागेर निको नहुने गरेको छ।

घरमा छोरा बिरामी सिकिस्त भएको हुँदा आफ्नो छोरा मलाई बचाउनु नमार्नु बचाउने कोसिस गर्नु भन्दा आफ्नो बचाउनु पर्छ भनेर नजिकै हुम्ला जिल्ला निको गर्छ। भन्ने हल्लाका अनुसार हुम्ला पैमा मेडिकल लिएर एक्सरे गर्दा दुबै किड्नीको समस्य र घाटीमा समस्या भएको छ। सुबिधा सम्पन्न ठाउँ काठमाडौ वीर हस्पिटल लैजाने हो भने सन्चो हुन सक्ने बताएका छन। डाक्टरको सल्लाह अनुसार छोरा बचाउने हिसाबले हिमाली गाउँपालिकामा बाट आर्थिक सहयोग गरिदिने भन्ने सिफारिस सहित बनाएको छ।

अहिले सम्म कुनै निकाय तथा व्यक्ति बाट सहयोग नपाएको गुनासो गरेका छन। डाक्टर तपाईंको छोराको बिरामी सन्चो हुन्छ भनेको भएपनि आफू संग आर्थिक अभावको कारणले गाडी भाडा समेत खल्तीमा नरहेको बिरामी थला परेका उनका बुवा जोगा रोकायाले बताएका छन। घरमा आयो स्रोत केहि नभएको हुँदा छोरा बचाउन निकै पैसाको संकलन गर्न हिड्न तयारी रहेकोे उनको भनाइ रहेकोे छ। घरमा भएको अलि जग्गामा कमाएको अन्न वर्षमा ४ महिना पनि पुग्दैन भनेका छन। जसले पैसा आउने स्रोत केहि पनि छैन। आफ्नो व्यवसायी तथा रोजगार केहि पनि नहुदा पैसाको निकै समस्या भएको छ। भएको आफ्नो सामाजिक भत्ताको पैसा पनि खाइनखाइ छोरा बचाउने हिसाबले उपचार गर्दा पनि भएको पनि पैसा सकिएको छ।

सुविधा सम्पन्न ठाउँमा उपचार गर्न लैजादा पनि आर्थिक कमि भएको कारणले अप्ठ्यारो अवस्थामा परेका छन। तत्काल काठमाडौ लैजानेका गाडी भाडा समेत नहुदा हिमाली गाउँपालिका धुलाचौर बजारमा आफ्नो आफ्न्ताको होटेल बिरामी थला परेर बस्नुपर्ने बाध्यता रहेकोे छ। सहयोगको लागी आफ्नो भत्ता खाता मात्र हुँदा कसैले सहयोग लागि आफ्नो मोबाइल नम्बर ९७६५९१७३३६ मा सम्पर्क गरिदिन हुन समेत हार्दिक आग्रह गरेको छन।

  • सेती कर्णाली खबर
  • -