October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

विद्यार्थी लाई चिसाेछल्न न्यानाे कपडा तथ स्टेसनरी बितरण

  • सेती कर्णाली खबर
  • मङ्लबार, माघ २३, २०८० १३:५९
विद्यार्थी लाई चिसाेछल्न न्यानाे कपडा  तथ स्टेसनरी बितरण

बाजुरा – बडिमालिका नगरपालिका वाड न ८ काे जनप्रकाश आधारभुत बिद्यलयका विद्यार्थी र शिक्षक लाई जाडाे छल्न न्यानाे कपडा र स्कुल ड्रेस तथा स्टेसनरी सामग्री हरु बितरण गरेका छन् ।
बडिमालिका नगरपालिका वाड न ८काे आयाेजना मा बलाङकेट बितरण गरेकाे हाे भने वडाअध्यक्ष आफ्नाे भत्ताकाे रकमबाट स्टेसनरी बितरण गरेका हुन त्यसै गरेर वडा वडा सदस्य दल बहादुर ऐडीले व्यक्तिगत रुपमा पैसाबाट बिद्यालयका विद्यार्थी हरुलाई स्कुल ड्रेस र टाेपी बितरण गरेका हुन् ।उनले बिद्यालयमा बिद्यार्थिकाे भर्ना बृदी गर्नुका साथै बिद्यालयमा स्कुल ड्रेस नभयर जान छाेड्ने बालबालिकाकाे लागि समेत राहत पुग्ने सद्स्य ऐडीले बताएका छन्।

वडाका अति गरिव परिवारका वालबालिका हरु लाई जाडाेकाे समयमा जाडाे छल्नकाे लागि न्यानाे कपडा वडाले बितरण गरेकाे हाे ।वाड न८काे रतुडामा रहेकाे श्री जनप्रकाश आधारभुत बिद्यालय का छात्र छात्राहरुलाई जाडाे छल्नकाे लागि वडा बाट कम्मल बितरण गरेकाे हाे भने १८जना विद्यार्थी हरुलाई ड्रेस र ३जना शिक्षक शिक्षीका हरु लाई टाेपी दिएकाे हाे ।
साे ड्रेसकाे कपडा हरु वडा सद्स्य दलबहादुर ऐडीले आफ्नाे भत्ता बाट किनेर सिलाई दिएकाे हाे र सबै विद्यार्थी हरुलाई स्टेसनरी समेत बितरण गरिएकाे हाे साे स्टेसनरी हरु वडाअध्यक्ष ले आफ्नाे छाेरी जन्मदिनकाे अबसरमा विद्यार्थी हरुलाई बितरण गरेकाहुन । छाेरीकाे जन्दिनमा आफुले बिलासित खर्च गर्नुभन्दा त्याे पैसाले साना बाबुहरुले पढ्न लेख्न सकुभन्ने साेचेर सानू सहयाेग गरेकाे वडाअध्यक्ष चन्द्र बहादुर थापाले बताएका छन ।

  • सेती कर्णाली खबर
  • -