October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

काठमाडौंबाट बाजुरातर्फ जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ १९, २०८० 0३:0४
काठमाडौंबाट बाजुरातर्फ जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते

काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् ।

काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति ९ः४५ बजे सुनवल–४ स्थित गैरे पेट्रोलपम्प नजिकै अल्कत्रेडाँडामा ठोक्किएका हुन् ।

घाइते १७ जनामध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले ‘बसमा सवार ३५ जनामध्ये चालकसहित १७ जना घाइते भएको बताए । उनका अनुसार ६ जना डिस्चार्ज भइसकेका छन् भने अस्पतालमा उपचाररत बाँकी ११ जनामध्ये एकजना सिरियस रहेका छन् ।

घाइतेहरुको देवदह मेडिकल कलेज भलुही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । टिपर चालक सुनवल–१० गैंडाखाल बस्ने अन्दाजी २८ वर्षीय सुनिल दर्जी प्रहरी नियन्त्रणमा छन् ।

  • सेती कर्णाली खबर
  • -