October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा गर्भवती महिला माथी जवरजस्ती करणी

  • सेती कर्णाली खबर
  • बुधबार, पुस १८, २०८० 0८:0९
बाजुरामा गर्भवती महिला माथी जवरजस्ती करणी

बाजुरा । गत पौष १० गते पुर्णिमाको दिन हिमाली गाउँपालिका १ युनामा स्थानीय मेला लाग्यो । गाउँका सबै जात्रा हेर्न जाने प्रचलन छ । सबै जना जात्रामा गएका थिए । सोही गाउँकी गीता सुनार (नाम परिवर्तित ) भने जात्रा हेर्न नगएर आफ्नै घरमा छोराछोरी सहित सुतिरहेकी थिइन् । उनी गर्भवती महिला हुन् । उनको गर्भमा करिब ७ महिनाको बच्चा छ । बिगतका वर्षहरुमा सधै जात्रामा गैराख्ने उनी गर्भवती अवस्थाको रहेको हुँदा जात्रामा गएकी थिइनन् ।

सोही दिन राती उनी छोराछोरी सहित सुतिरहेकी थिइन् । राती झण्डै साढे एक बजे उनी सुतिरहेका बेला सोही ठाउँका स्थानीय जङ्गवीर बुढा उनी सुतिरहेको कोठामा पुगे । राती साढे १ बजे त्यहाँ पुगेका उनले उनी माथी जबर्जस्ती करणी गरेको पीडित महिलाले बताएकी छन् । उनका श्रीमान पनि गाउँमा लाग्ने मेलामा जात्रा हेर्न गएका थिए ।

श्रीमान मेला हेर्न गएको र आफुलाई घरमा एक्लै रहेको मौका छोपी पिडक जङ्गसिंह बुढा आफ्नो घर आएको पीडित महिलाको भनाई छ । उनले भनिन्“ श्रीमान मेला हेर्ने गएका थिए, म घरमा छोराछोरीको साथमा सुतिरकी थिए, त्यो मान्छे आएर मलाई जबर्जस्ति करणी गर्यो, मैले धेरै प्रतिकार गरे, चिच्याउन खोज्दा मुख छोपिदिए, त्यसपछि चिम्टाले हिर्काए, अनि त्यसपछि हसियाले हान्न खोज्दा हसिया नै खोसेर भागे, त्यतिबेला सम्म अर्को घरमा भएका मेरो देवर देउरानीले थाहा पाँए, उनीहरु पनि आएर नियन्त्रणमा लिन खोज्दा सकेनौं भागिहाल्यो। ”

त्यहाँबाट उनी भागिसकेपछी घटनाबारे आफ्नो श्रीमानलाई जानकारी गराएको पीडित महिलाले बताइन् । श्रीमानले जानकारी पाएपछि मेलाबाट श्रीमान घर फर्किदा बाटोमा पिडक जङ्गसिंह बुढा भेटिए । त्यहीँ उनलाई नियन्त्रणमा लिन खोज्दा श्रीमानलाई नै कुटपिट गरेर फरार भएको पनि उनले बताएकी छन् । घटना भएको तीन दिन पछि पीडित महिलाले मुलुकी अपराध संहिता २०७४ को परिक्षद १८ को दफा २१९ करणी सम्बन्धि कसुर आफुलाई जबर्जस्ति करणी गरेको भनी जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएकी छन् ।

जाहेरी दर्ताका लागि जिल्ला प्रहरी कार्यालय पुगेकी उनको जाहेरी दर्ता गराउन समेत राजनीति चलखेल भएको एक दलित अधिकारकर्मी रमेश वि. कले बताएका छन् । “जाहेरी दर्ताका लागि जिल्ला प्रहरी कार्यालय पुग्दा दर्ता गर्न मानेनन्, त्यहाँ पुगेको तीन घण्टा पछाडी मात्रै जाहेरी दर्ता भयो, भित्रभित्रै राजनीति चलखेल गरेर मिलाउने प्रयास भैरहेको छ, पीडित महिलालाई मिल्न भनेर दबाब दिएको कुरा जिल्ला दलित अधिकार नेटवर्कको कार्यालयमा आएर उनले सुनाएकी छन् ।”

जिल्ला दलित अधिकार नेटवर्क बाजुराका सचिव रमेश वि. क ले भने । यतिबेला राजनीति दलका व्यक्तिहरु समेत यो घटना छुपाउन सक्रिय देखिएको एक दलित अधिकारकर्मीले दाबी गरेका छन् । दलित माथी हुने बिभेदका घटनाहरुमा राजनीति हस्तक्षेप गरि मिलोमतो गराउदै आएको पनि उनको जिकिर छ ।

घटना उल्ट्याइयोः पिडीत परिवार माथी ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता
पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ति करणी गरेको भनी जाहेरी दिएपछि यता पिडक पक्षले आफू माथि ज्यान मार्ने उदेश्यले कुटपिट गरेको भनी जिल्ला प्रहरी कार्यालय बाजुरामा पिडीतका श्रीमान र उनका देवर साहित चार जना विरुद्ध जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोर सिंह एरीका अनुसार पिडक भनिएका जङ्गसिंह बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निज पिडक भनिएका जङ्गसिंह बुढा पक्षले दिएको ज्यान मार्ने उद्योगको घटनामा संलग्न पीडित महिलाका श्रीमान र उनका देवर पनि अहिले प्रहरीको नियन्त्रणमा लिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोर सिंह एरीले बताएका छन् । अन्य फरार दुई जनाको खोजी कार्य जारी रहेको र पक्राउ परेकाहरूलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक एरीको भनाई छ । तर झुटो मुद्धा लगाएर पिडक महिलाका श्रीमान र देवरलाई प्रहरीको नियन्त्रणमा राखेको पीडित परिवारको आरोप छ ।

आफुहरु दलित भएकै कारण आफुहरु माथि झुटो मुद्धा लगाई फसाउन खोजेको पीडित परिवारको दुखेसो छ । घटनालाई उल्टाउनु,घटना छुपाउन, र पिडकलाई संरक्षण गर्ने उदेश्यले नै यो षड्यन्त्र भएको दलित अधिकारकर्मीहरुको दाबी छ । यो निन्दनीय घटनाका बिरुद्ध सबै दलित अधिकारकर्मीहरु एक ढिक्का भएर लाग्ने र पीडित महिलाको न्यायका लागि अन्तिम सम्म लड्ने एक जना दलित अधिकारकर्मी राजेन्द्र वि. कले बताएका छन् ।

यो घटनामा राजनीति हस्तक्षेप, राजनीति संरक्षण लगायतका कार्य ससैले गर्न खोजेको खण्डमा सबै दलित अधिकारकर्मीहरु जस्तोसुकै मुल्य चुकाउन बाध्य हुने पनि उनको भनाई छ । बाजुरामा विभिन्न समयमा जातिय बिभेदका घटना भैरहेका छन् । दलित माथी सार्वजनिक रुपमै जातीय बिभेस हुँदै आएको भएपनी कानुनी कारबाही भने खासै नहुने गरेको दलित समुदायका अगुवाहरुको भनाई छ । जातिय बिभेदका घटनामा चाँसो कम देखाउने गरेको दलित अगुवाहरु बताउन्छन् ।

कानुन बमोजिमको कानुनी कारबाही नहुँदा थप जातिय बिभेदका घटनाहरु बढ्दै गएका छन् । जातीय बिभेदका घटनाहरु प्राय प्रहरी सम्म नै पुग्दैनन् । पुगेका घटनाहरुमा पनि अन्ततः प्रहरी स्थानीय जनप्रतिनिधि राजनीति दल मिलेर मिलोमतो गराउने गरेको पाइन्छ । धेरैजसो घटनाहरु त अझै गाउँमै मिलाउने गरेका छन् । जसको कारण दिन प्रतिदिन जातीय बिभेदका घटनाहरु बढ्दै गएका छन्।

  • सेती कर्णाली खबर
  • -