October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बडिमालिका नगरपालिका तिन महिना नपुग्दै अधिकृत सापकोटा सरुवा

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस १७, २०८० २0:४५
बडिमालिका नगरपालिका तिन महिना नपुग्दै अधिकृत सापकोटा सरुवा

बाजुरा- जिल्लाको बडिमालिका नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत बिहिन भएको छ । प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र साप्कोटाको तिन महिना नपुुग्दै सरुवा भएपछि बडिमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन भएको हो। बडिमालिका नगरपालिकामा जहिले पनि अधिकृतकै पिरलो हुने गर्दछ, अधिकृत आएको लामो समय नबित्दै सबै सरुवा हुने भएपछि नगरपालिकामा जहिले पनि अधिकृतको पिरलोले सताउने गरेको छ । सह–सचिवको परीक्षा दिन विदामा काठमाण्डौं जानुभएको सापकोटा बाजुरा नर्फकिए रै उहीबाट सरुवाको चिठी आएको छ । उहाँ बाजुराबाट हरिवन नगरपालिका सर्लाही सरुवा हुनुभएको छ।उहाँले हरिहर नगरपालिका सर्लाहीमा प्रमुख प्रशासकीय अधिकृतको जिम्वेवारी यहि पौष ११ गते लिईसक्नुभएको छ ।

 

परीक्षा दिन गएका अधिकृत लामो समयसम्म कार्यालयमा हाजिर नहुँदा तथा एकाएक प्रमुख प्रशाशकिय अधिकृतको सरुवा हुँदा दैनिक कामकाजमा समस्या भएको छ । पालिकामा आउने कतिपय नागरीकहरुका कामहरु पनि त्यस्तै रहेका छन । नगरपालिकामा अधिकृत पनि टिकाउन नसक्ने पालिका भनेर स्थानियहरुले आरोप समेत लगाएका छन । जहिले पनि नगरपालिकामा अधिकृतकै समस्या हुने गरेको छ , लामो समयसम्म कुनै पनि अधिकृतलाई टिकाउन नसक्ने यो कस्तो पालिका हो भनेर स्थानियले बताएका छन । अधिकृतको सरुवा हुनु स्वभाविक हो तर छोटो समयमै सरुवा हुनु कुनै राजनितिक खेल भएको समेत नगरबासीहरुले बताएका छन । हरेक ठाँउका पहिलो चरणमा सम्झौता भएका कार्य सम्पादन गरेका फायल त्यस्तै छन् । कतिपय खर्चका विलहरु पनि त्यतिकै राखिएका छन । कार्यालयमा भुक्तानीको चाप दिनहुँ बढेको छ। कार्यालयमा अधिकृत नहुँदा नागरिकहरुका काममा बाधा परेको छ। अघिल्लो समयमा भनेअनुसार काम हुुदैन काम हुने भनेको त्यहि माघ फाल्गुन को महिना हो त्यहि समयमा अधिकृतको सरुवा हुँदा कार्यलयका दैनिक कामकाजमा निकै समस्या भएको नगरपालिकाका एक जना कर्मचारीले बताएका छन ।

देशभरका स्थानीय तहमा लामो समय देखि विवाद रहेको छ ।स्थानीय सरकार सञ्चालन ऐन २०७५ मा नीतिगत तथा कानुनी उल्झन् धेरै छन् । जनप्रतिनीधिले के काम गर्ने, प्रमुख पशासकीय अधिकृतले के काम गर्ने भन्ने क्षेत्राधिकार नै राम्रो छैन । हालै सरुवा भई हरिवन नगरपालिकामा  गएका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र साप्कोटाको भनाई रहेको छ । बडिमालिका नगरपालिकाको हकमा स्थानीय साधान श्रोत भएपनि बजेटको कमी रहेको छ । वडामा सचिवहरु छैनन् । अहेव र सवईन्जिनियरले वडा चलाईरहेका छन्। कर्मचारी र जनप्रतिनीधि छुट्याउन गाह्रो छ । कामगर्ने क्रममा अनावस्यक विवादमा आउने संकेत आफुले देखें । त्यसैले यता आएको हुं साप्कोटाको भनाई रहेको छ ।

यता नगरपालिकाका मेयर अम्मर खड्कालाई सोध्दा यो बारे कुनै जानकारी नभएको आफु काम बिषेष काठमाण्डौ भएको तर त्यसबारे जानकारी लिन तत्कालिन प्रमुख प्रशासकीय अधिकृत साप्कोटालाई नै सोध्ने, उहाँ के कति कारणले जानु भयो,किन जानु भयो,उहाँले बताउनुभएको छ । नगरपालिकामा २०७४ सालमा नयाँ जनप्रतिनीधि आए यता ९जना प्रमुख प्रशासकीय अधिकृत को सरुवा भइसकेको छ । सरुवाभई आएका अम्मर भट्ट लाई बाटोबाट फर्काए , दाताराम प्याकुरेल लाई कार्यालयबाट लखेटे ,धुुब्र कोईराला , तीर्थ भट्टराई लगायतका उपसचिव लाई बस्ने वतावरण प्रबृति ले गर्दा यहाँ अधिकृतहरु पनि बस्न नरुचाउने गरेका छन । यता नगरपालिकाका पुर्व नगर प्रमुख पदम बडुवालले जनप्रतिनीधिले नीति नियम कानुन बनाउने हो , कार्यन्वयन कर्मचारीले गर्ने हो आफ अनुकुलका कार्य गराउन खोज्नु र विधिको शासनको प्रत्याभुति नदिदा यो समस्या आएको हो उहाँले बताएका छन ।

नगरपालिकामा लामो समयसम्म कुनै पनि अधिकृतको टिकाउ नुहने भएका कारण यहाँका स्थानिय बासीहरु पनि नगरपालिका देखि बाक्क दिक्क भइसकेका छन । आएको छेटो समयमै अधिकृत काम बिषेषले बाहिर जान्छन पुन फकर्रे आउदैन,कसैलाई राजनितिक आडमा सरुवा गरन्छि,कसैलाई बाटोबाटै रोकिन्छ,कसैलाई हरेक कुरा लगाएर दोष दिईन्छ,नगरपालिकाका कर्मचारीहरु पनि कसैको कोहि भनेको नमान्ने प्रबृतिका छन,को भन्दा को कम भन्ने हैकम मनमा जगाउछन,कार्यालयमा आएका सेवाग्राहीहरुलाई पनि टेर्दैनन्, पालिकामा कर्मचारी र जनप्रतिनीधि छुट्याउन गाह्रो हुने, वडामा सचिव नहुने,अहेव र सवईन्जिनियरले वडा चलाउनुपर्ने यस्ता खाले प्रबृतिले गर्दा अधिकृत छोटो समयमै अन्य ठाँउमा सरुवा हुनु परेको स्थानियको बुझाई रहेको छ।

  • सेती कर्णाली खबर
  • -