October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिका भेडा व्यवसायीलाई सामान वितरण

  • सेती कर्णाली खबर
  • शनिबार, मंसिर २३, २०८० २१:१६
हिमाली गाउँपालिका भेडा व्यवसायीलाई सामान वितरण

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा घुम्ती भेडा प्रवर्द्धन कार्यक्रमको सामान वितरण गरिएको छ।

गाउँपालिका ३० जना भेडा व्यवसायीहरु लाई विभिन्न समान् वितरण गरेका छ्न। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ मार्तडी बाजुराको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्य अनुसार घुम्ती भेडा प्रवर्द्धन कार्यक्रमको सामान वितरण गरिएको छ। गत आर्थिक वर्षको कार्यक्रम वितरण गर्नुपर्ने सामाग्री विभिन्न समस्या हुँदा ढिला भएको हो। ढिलासुस्ती कारणले वितरण गर्न काम पछाडी परेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ मार्तडी बाजुराले बताएको छ।

भेडा व्यवसायी लाई दैनिक जीवनमा आवश्यक पर्ने समान सोलार, रेनकोट, डाइनिङ टेन्ड, उन काट्ने कैँची, कोरेसो ब्रस र गम्बुट एक/एक सेट वितरण गरिएको छ। भेडा व्यवसायी क्षेत्रमा रुचि थप हौसला उर्जा मिलाउन गएको आर्थिक वर्ष छनोट भएका मान्छेलाई मात्र समान हस्तान्तरण गरिएको हिमाली गाउँपालिका पशु शाखा प्रमुख गौरी पाण्डेले बताउनुभयो। मान्छे लगायत भेडा बाख्रा लाई चाइने महत्त्वपूर्ण सामाग्री प्रदान गरेका छौ। यसले भेडा व्यवसायीलाई आवश्यक समान दिदा निकै सेवा मुलक काम भएको छ।

  • सेती कर्णाली खबर
  • -