October 21, 2024 | सोमवार, कार्तिक ५, २०८१

हिमाली अपाङ्गता सम्बन्धि नि: शुल्क स्वास्थ शिविर सञ्चालन

  • सेती कर्णाली खबर
  • शनिबार, मंसिर २३, २०८० २१:0१
हिमाली अपाङ्गता सम्बन्धि नि: शुल्क स्वास्थ शिविर सञ्चालन

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका हाडजोर्नी, नशा, मेरुदण्ड तथा अपाङ्गता सम्बन्धि नि: शुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ।

हिमाली गाउँपालिकाको समन्वय र इन्टरनेटशनल नेपाल फेलोशिप नेपाली आउट रिच डिपार्टमेन्ट हरियो खर्क अस्पताल पोखराको प्रविधि आयोजनामा धुलाचौर आधारभूत स्वास्थ सेवा केन्द्र धुलाचौरमा स्वास्थ शिविर सञ्चालन गरेका छन। उक्त स्वास्थ शिविरमा हाडजोर्नी, नशा, मेरुदण्ड तथा अपाङ्गता सम्बन्धि नि: शुल्क स्वास्थ शिविर मंसिर २३ गते सनिश्चवार ९ बजे बाट सुरु गरेका छन।

दुर्गम गाउँ बस्तीका विभिन्न अपांगता तथा नशा र हाडजोर्नी जस्ता बिरामीहरु लाई नि: शुल्क औषधी उपचार गरेका छौ। बिरामीको स्वास्थ चेकजाँच गरेर औसधि मात्र नभएर स्वास्थ अवस्था हेरेर अपांगलाई चाहिने सामाग्री दिइरहेको छौ। जसमा बैसागे, स्टिग, बेल्ड लगायत विभिन्न किसिमको सहयोग मद्दत हुने समान दिदै गर्दा सेवाग्राही खुशी भएको आइ. एन. एफ. नेपाल हिमाली गाउँपालिका टिम लिडर गणेश दत्त खटिकले बताएका छ्न।

नि: शुल्क स्वास्थ सेवामा हिमाली गाउँपालिका स्थानीयहरु सहित नजिकै हुम्ला र मुगु जिल्लाका स्थानीय मान्छेहरूले समेत औसधि उपचार गर्न पाएका छ्न। हाडजोर्नी र नशा तथा फिजिसियन सम्बन्धि विशेषज्ञ डाक्टर द्रारा स्वास्थ चेकजाँच र औसधि मुलक वितरण गरिएको छ। गाउँमा विभिन्न किसिमका रोगहरु पालेर बसेका रोगीहरु घरदैलोमा उपचार गर्न पाउदा स्वास्थ शिविरमा खुसी भएका खटिकले बताए।

  • सेती कर्णाली खबर
  • -