October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिकामा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

  • सेती कर्णाली खबर
  • बुधबार, कार्तिक २२, २०८० 0९:३९
हिमाली गाउँपालिकामा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ३ दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।

हिमाली गाउँपालिकाको आयोजना तथा मोनमोहन मेमोरियल मेडिकल कलेजको प्राविधिक सहयोगमा बुधबार सुरु भएको हो। ३ दिन सम्म संञ्चालन हुने स्वास्थ्य शिविरमा विभिन्न रोगको विशषेज्ञ डाक्टरहरुले सेवा प्रदान गरि रहेका हिमाली गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका नागरिकको उपचारका सहज होस भनेर स्वास्थ्य शिविर आयोजना गरिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए छ्न। आर्थिक अभावकै कारण नागरिक स्वास्थ सेवा बाहिर नहुन, गाउँमै बिषेशज्ञ सहित शिबिर सञ्चालन गरिएको मल्लले बताए ।

शिविरबाट करिब ३ हजार जनाको स्वास्थ्य परिक्षण गर्ने उदेश्य रहेको गाउँपालिकाले अध्यक्ष मल्लले बताए । स्वास्थ्य शिविरका क्रममा शिविरमा उपचार हुन नसके उपचारका लागि गाउँपालिकाले काठमाडौँमा निस्शुल्क उपचार गर्ने अध्यक्ष मल्लले बताए ।

हिमाली गाउँपालिकाको आयोजना र नेपालको साथीहरु संस्थाको सहयोगमा मनमोहन मेमोरियल शिक्षण अस्पतालका चिकित्सकहरु सहभागितामा स्त्री रोग विशेषज्ञ, नसा तथा हाड जोर्नी रोग विशेषज्ञ, नाक कान घाटी रोग विशेषज्ञ, चर्म रोग विशेषज्ञ र जनरल फिजिसियन द्वारा निशुल्क स्वास्थ्य शिविर संचालन गरिने हिमाली गाउँपालिका सूचना अधिकृत राज बहादुर भण्डारीले बताउनुभयो।

  • सेती कर्णाली खबर
  • -