October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

  • सेती कर्णाली खबर
  • शुक्रबार, कार्तिक १७, २०८० २३:४४
भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

१८ कार्तिक, जाजरकोट । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको  मृत्यु भएको छ ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए ।

उनका अनुसार नगर उपप्रमुख  सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।

उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

  • सेती कर्णाली खबर
  • -