October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाल गाउँपालिकामा ३ दिन स्वास्थ्य शिविर सञ्चालन हुने

  • सेती कर्णाली खबर
  • मङ्लबार, कार्तिक १४, २०८० 0३:३९
हिमाल गाउँपालिकामा ३ दिन स्वास्थ्य शिविर सञ्चालन हुने

उमेश रोकाया/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको हिमाल गाउँपालिकामा तीन दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ।

कार्तिक २२ गतेदेखि २४ गतेसम्म बृहत स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। नेपालको साथीहरुको प्रमुख आयोजनामा हुन लागेको उक्त शिविरमा मनमोहन मेमोरियल शिक्षण अस्पतालका चिकित्सकहरू चार जना, फार्मेसी दुई जना, स्टाफ नर्स एक जना, संस्थाका प्रतिनिधि दुई जना र तीन जना विदेशी द्रारा स्वास्थ्य सेवा दिने भएको फ्रेन्डस अफ नेपाल काठमाडौ संस्थाका महासचिब निमा नरु शेर्पाले बताउनुभयो।

साथै उक्त स्वास्थ्य शिविर सञ्चालन गर्नको लागि स्थानीय स्तरमा आवश्यक हुने सम्पुर्ण सहयोग गरिदिने समेत आग्रह गरेको छ। स्वास्थ्य शिविर बिहान ९ बजे देखि ५ बजे सम्म सेवा प्रवाह गरिने भएको छ। सोही सूचना असोज ३० गते निकालेको फ्रेन्डस अफ नेपाल काठमाडौले बताएको छ।

हिमाली गाउँपालिकाको आयोजना र नेपालको साथीहरु संस्थाको सहयोगमा मनमोहन मेमोरियल शिक्षण अस्पतालका चिकित्सकहरु सहभागितामा स्त्री रोग विशेषज्ञ, नसा तथा हाड जोर्नी रोग विशेषज्ञ, नाक कान घाटी रोग विशेषज्ञ, चर्म रोग विशेषज्ञ र जनरल फिजिसियन द्वारा निशुल्क स्वास्थ्य शिविर संचालन गरिने हिमाली गाउँपालिका जनस्वास्थ्य निरीक्षक अधिकृत राज बहादुर भण्डारीले बताउनुभयो।

  • सेती कर्णाली खबर
  • -