October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिकमा निजामति सेवा दिबसको अबसर सरसफाइ कार्यक्रम गरि मनाए

  • सेती कर्णाली खबर
  • शुक्रबार, भदौ २२, २०८० १0:१५
स्वामिकार्तिकमा निजामति सेवा दिबसको अबसर सरसफाइ कार्यक्रम गरि मनाए

उमेश रोकाया/बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाले निजामति सेवा दिबसको अबसर पारि बृहत रुपमा सरसफाइ कार्यक्रम गरि मनाएका छन।

शुक्रबार दिउँसो स्वामीकार्तिक निजामती सेवा दिवसका उपलक्ष्यमा गाँउपालिका परिसरमा सरसफाई गरि मनाएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो। गाउँपालिका भित्र रहेकोे फोहोर मैलो मुक्त बनाउन एक कार्यक्रम बीच सरसफाइ गरिएको छ।

स्वच्छ र सफा सुगुर बनाउन गाउँपालिका अध्यक्ष लगायत स्थानीय निजामती कर्मचारी हातेमालो गरेर पालिका आसपासका क्षेत्रमा सरसफाइ गरेका छन। सधै स्वच्छ र सरसफाइ रहन हाम्रो मौलिक पहिचान हो भन्ने नाराका साथ निजामती सेवा दिवसका अवसरमा गाँउपालिका परिसरमा सरसफाई गरि मनाएको पालिका अध्यक्ष रोकायाले बताए।

निजामती सेवा दिवसको अवसरमा सरसफाइ लगायत गाउँपालिका कार्यरत निजामती कर्मचारी ६ जनालाई उत्कृष्ट पुरस्कार दिइएको छ। कार्यालय कामकाजको मुल्यांकन अनुसार गाउँपालिका एक औपचारिक कार्यक्रम बिच कर्मचारीलाई पुरस्कार प्रदान गरेका छौ। पालिका अध्यक्ष भरत बहादुर रोकाया निमित्त प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर रोकाया लगायत कर्मचारीहरुको सहभागिता निजामति सेवा दिबसको अबसर पारि बृहत रुपमा सरसफाइ कार्यक्रम गरि मनाएका छन।

  • सेती कर्णाली खबर
  • -