October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

चट्याङ लागेर एक बालिकाको मृत्यु

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ १७, २०८० 0९:१0
चट्याङ लागेर एक बालिकाको मृत्यु

बाजुराः चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । स्थानीयका अनुसार गएराती परेको चट्याङका कारण बडीमालिका नगरपालिका वडा न । ६ कोर्धका स्थानीय तुला रावलकी ११ वर्षीय छोरी परु रावलको मृत्यु भएको बताइएको छ ।

गएराती करिव साढे १२ बजे बजेको समयमा चट्याङका कारण उनको मृत्य भएको वडा न । ६ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष परे बडुवालले जानकारी दिएका छन् । उनका अनुसार बालिका सहित तीन पशुचौपाया पनि मरेको बताइएको छ । ११ वर्षिय बालिका संगै एक भैँसि र भैँसिको पाडो र एक गोरु पनि मरेको बताइएको छ । मृतक रावलका बुवा सहित तीन जना मागथला नाम गरेको लेखमा खरक हालेर बस्दै आएका थिए ।

उक्त लेखमा करीब १ घण्टाको बाटो हिडेर पुगिन्छ । चत्याङका कारण बालिका संगै अन्य दुई जना पनि बेहोस अवस्थाम आफन्तले भेटेको तर अहिले भने उनिहरुको होस खुलेको कार्यवाहक अध्यक्ष बडुवालले बताए । मृतक बालिका गाँउमै रहेको नेरा आधारधुत बिद्यालयमा कक्षा २ मा अध्यनरत  थिइन् ।

प्रहरीलाई खबर पश्चात् प्रहरीको टोली घटनास्थल तर्फ बिहान ५ बजे नै गैसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डीएसपी कबिन्द्र बोहराले बताएका छन् । घटना बारे चट्याङ परेको भन्ने खबर आएपनि अन्य आधिकारिक जानकारी भने नआएको उनले बताए । बर्षादकाे समयमा चट्याङ धेरै पर्ने गरेकाे पाईन्छ

जंगलमा धेरै अग्ला रुखहरु हुने भएकाले चट्याङ धेरै पर्ने सम्भावना हुन्छ ।

  • सेती कर्णाली खबर
  • -