October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

वडा अध्यक्ष बुढा विभिन्न निकायमा धाउँदा बाढी पीडितले पाए राहत

  • सेती कर्णाली खबर
  • बुधबार, साउन २४, २०८० 0८:५६
वडा अध्यक्ष बुढा विभिन्न निकायमा धाउँदा बाढी पीडितले पाए राहत

उमेश रोकाया/बाजुरा- बाढी पहिरो पीडितलाई राहत उपलब्ध गर्न वडा अध्यक्ष मंगल बुढा विभिन्न निकायमा धाउने गरेको छ।

हिमाली गाउँपालिका वडा नम्बर ३ युना गाउँमा साउन १२ गते राति आएको अविरल वर्षाले गर्दा गाउँमा ३ घर पुरै बगाएको हो। गाउँमा पानी परे संगै बाढी पहिरो आएर गाउँमा रहेका ११ घर पुर्ण रूपमा क्षति भएको छ। भने ३ घर पुरै घरको धनमाल नराखी बगाएको थियोे। गाउँमा घर बगाउँदा पहिरो पीडित परिवारलाई वडा कार्यालय र बिच्छ्या प्रहरी अस्थायी चौकी मार्फत उद्धार गरिएको थियोे।

बाढी पहिरोले घरसमेत केहि नराखेरे बगाउँदा तत्काल खानको लागि हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढाले पीडित घरपरिवारलाई २५ किलोग्राम २ कट्ठा चामल २ पोका तेल २ पाकेट नुन सहित नुहाउने र कपडा धुने साबुन आफ्नो व्यक्तिगत हिसाबले पीडितलाई हस्तान्तरण गरेको वडा अध्यक्ष बुढाले बताएका छन।

गाउँमा बाढी पहिरो पीडित परिवारलाई केहि दिनपछि हिमाली गाउँपालिका सहयोगमा १४ घरपरिवार लाई चामल, त्रिपाल लगायत ३ घरपरिवार लाई ओढ्ने बलान्केट ओछ्यान कपडा समेत राहत उपलब्ध गरिएको छ। बाढी पीडितलाई आफू संगै गाउँपालिका बाट जिल्ला सम्म राहतको पहलमा जिल्ला प्रशासन कार्यालय बाट ११ घरपरिवार लाई त्रिपाल र कमल प्रत्येक व्यक्ति लाई राहत उपलब्ध गराएको छु।

नेपाल रेडक्रस बाजुरा बाट ३ घर पुरै बगाएको बाढी पहिरो पीडित घरपरिवारलाई त्रिपाल समेत पीडित मान्छेलाई कार्यालय आफै पुगेर राहत उपलब्ध भएको छ। भने आइ.एन.एफ. संस्था कार्यालय बाजुरा बाट ३ घरका पीडित परिवारलाई त्रिपाल उपलब्ध गराएको छ। अहिले तत्काल घर बन्ने सम्भावना कम हुँदा केही समय बस्नलाई युना गाउँका बाढी पहिरो पीडित त्रिपालमा बस्ने गरेको वडा अध्यक्ष बुढाले बताएका छन।

जिल्ला भित्र रहेका सरकारी तथा गैरसरकारी कार्यालयमा बाढी पहिरो राहत उपलब्ध गर्नकै लागि विभिन्न निकायमा पीडित समेत लगेर पुगेको छु। केहि कार्यालय बाट सानो ठुलो सहयोग पाएका छन। केहि निकाय बाट पीडित राहत विषयलाई लिएर कार्यालय कुराकानी समेत भएको छ। थप राहत पाउने जिल्ला भर रहेका कार्यालयमा पहलमा लागिपरेको वडा अध्यक्ष बुढाले बताएका छन।

  • सेती कर्णाली खबर
  • -