June 28, 2026 | आइतवार, असार १४, २०८३

नेपाली काङ्ग्रेस हिमालीमा वृहत् कार्यक्रम हुने सह-महामन्त्री पाण्डे आउने

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन २३, २०८० ११:0८
नेपाली काङ्ग्रेस हिमालीमा वृहत् कार्यक्रम हुने सह-महामन्त्री पाण्डे आउने

उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिको वृहत् कार्यक्रम हुने सह-महामन्त्री बर्दी पाण्डे आउने भएको छ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराको पत्र संख्या २०८०।०८१ चलानी नम्बर १३९ मिति २०८०।०४।१६ गतेको प्राप्त पत्रानुसार नेपाली काँग्रेस विशेष आन्तरिक अभियान तथा सांगठनिक सुदृढीकरण सम्बन्धमा नेपाली काँग्रेस केन्द्रिय सह-महामन्त्री बद्री प्रसाद पाण्डे र केन्द्रिय प्रतिनीधि नृप बहादुर वडको उपस्थितीमा कार्यक्रम गरिने हिमाली गाउँ कार्यसमिति सभापति अमलाल कार्कीले बताउनुभयो।

काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिको आयोजनामा साउन २९ गते वि.पि.स्मृति भवन धुलाचौर स्थानमा कार्यक्रम हुने भएको छ। यस हिमाली गाउँ कार्यसमिति पदाधिकारी, वडा कार्यसमिति पदाधिकारी, टोल कार्यसमितिका पदाधिकारी, जिल्ला कार्यसमिति पदाधिकारी, प्रदेश कार्यसमिति, अधिवेशन पदाधिकारी, केन्द्रिय प्रतिनिधी र नेपाली काँग्रेसका सम्पूर्ण भाद्री तथा भगेनी संघका पदाधिकारीहरु उपस्थितिमा कार्यक्रम गरिने भएको सभापति कार्कीले बताएका छन। उक्त कार्यक्रम प्रमुख अतिथि रूपमा नेपाली काङ्ग्रेस केन्द्रिय सह-महामन्त्री तथा केन्द्रिय प्रतिनिधि नृप बहादुर वड सहित नेपाली काङ्ग्रेस पाटीको भव्य रूपमा कार्यक्रम गरिने भएको छ।

  • सेती कर्णाली खबर
  • -