October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीमा सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष रमेश वि.क. सहित १५ समिति चयन

  • सेती कर्णाली खबर
  • सोमवार, साउन २२, २०८० १३:२६
हिमालीमा सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष रमेश वि.क. सहित १५ समिति चयन

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष रमेश वि.क. सहित १५ जना समिति चयन गरेका छन।

“वनको दिगो व्यवस्थापन लागि सामुदायिक अधिकार, उधमशिलता शसक्त संगठन समृद्धको आधार” भन्ने मुल नाराका साथ हिमाली गाउँपालिका सभा हलमा दुई दिन लगाएर अधिवेशन गरिएको छ। सामुदायिक वन उपभोक्ता जिल्ला महासंग बाजुराले आयोजक रहेको आयोजकले बताएको छ। पालिका स्तरीय महासंघ समिति सर्वसम्मत रूपमा समिति चयन गरिएको छ। सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष रमेश वि.क. उपाध्यक्ष ओमाशान्ती मल्ल सचिव धनमल थापा सहसचिव कर्ण बहादुर रोकाया कोषाध्यक्ष सगुन्तला रोकाया सदस्य रजकला भण्डारी सहित १५ जना समिति चयन गरिएको महासंघ अध्यक्ष रमेश विकले बताएका छन।

गाउँपालिकामा रहेका सामुदायिक वन समिति लाई एकता गर्नका लागि पालिका स्तरीय महासंघ समिति बनाउदै आएको छौ। हिमालीमा पनि अधिवेशन सुरु भएको दिन देखी दुई दिन सम्म लागिपरेर अधिवेशन सम्पन्न गरिएको महासंघ जिल्ला उपाध्यक्ष अर्जुन रोकायाले बताएका छन। गाउँपालिकामा रहेको सम्पूर्ण वन हरुमा रहेकोे समस्याहरुको समाधान गर्न र उपभोक्ता समिति मर्कालाइ समाधान प्रक्रिया लाई अगाडी बढाउन पालिका स्तरीय संघसंगठन लागिपर्ने महासंघ अध्यक्ष रमेश विकले बताउनुभयो। महासंघ एउटा छाता संगठन भएको हिसाबले सबै निकाय लाई आवश्यक सहयोग अपेक्षा समेत व्यक्त गरेको अध्यक्ष विकले बताए।

सामुदायिक वन उपभोक्ता महासंघ प्रथम अधिवेशन कार्यक्रम अध्यक्षतामा हिमाली गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप थापा रहनु भएको छ। प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला उपाध्यक्ष अर्जुन रोकाया बिशिस्ट अतिथि नेकपा एमाले सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य अज बहादुर मल्ल, सामुदायिक वन उपभोक्ता महासंघ बाजुरा अध्यक्ष सीता वराल अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश वि.क., नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश शिक्षा युवा तथा खेलकुद विभागीय सदस्य दल बहादुर मल्ल, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य चन्द्रकला बुढा लगायत बन उपभोक्ता समितिका सदस्यहरुको उपस्थितिमा हिमाली गाउँपालिकामा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रथम अधिबेशन सम्पन्न गरिएको छ।

  • सेती कर्णाली खबर
  • -