October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

लुम्बिनी प्रदेशमा नेपाल देउडा साँस्कृतिक समाजले हरेक महिनाको १५ गते देउडा खेलाउँदै

  • सेती कर्णाली खबर
  • शनिबार, असार १६, २०८० 00:४६
लुम्बिनी प्रदेशमा नेपाल देउडा साँस्कृतिक समाजले हरेक महिनाको १५ गते देउडा खेलाउँदै

 पवन तिमिल्सिना १६ असार बाँके नेपालगन्जको राँझा एयर्पोर्टको पशुपती  मन्दिरको प्राङ्गणमा  नेपाल देउडा साँस्कृतिक  समाजले असारको १५ गते शुक्रबार  डेउडा कार्यक्रमको आयोजना गरेको थियो।हाम्रो डेउडा कला सस्कृतिलाइ जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको आजको डेउडा सास्कृतिक कार्यक्रम धुमधाम सङग सम्पन्न भएकोछ। बिशेष रुपमा आज असार पन्ध गते दहि चिउरा खाने दिन पनि पर्न गएकोले सामाजिक रुपमा सबै उपस्तिथिहरुलाइ दहि चिउराले स्वागत सत्कार गरिएको थियो। हामी सामाजिक प्राणी हौ ।हाम्रो समाजको सस्कृतिको सरक्षण गर्नु हाम्रो दाहित्व हुने भएकाले समाजमा सहिष्णुता प्रदान गरियोस भन्ने उद्देशले हामिले सधै डेउडा कार्यक्रमको आयोजना गर्ने गर्दछौ। पुरुष खेलाडीमा बाजुरा जिल्लाका चर्चित नब युवा डेउडा खेलाडी जितजङ कटेल ,अछाममा सर्जन क्षेत्री ,अछाम जिल्लाकै रतन बुढा ,अछाम जिल्लाकै टक्क बम , त्यसै गरि महिला खेलाडिमा कालिकोट जिल्लाकी चर्चित डेउडा खेलाडी जर्मा भन्डारी , प्रगती सुनार ,दैलेख कि गगनेश्वरी थापा मुगु कि सरिता जैसी ,हुम्लाकी पिउली सुनार लागायत दर्जनौ कलाकारहरुको सहभागीता रहेको बताइएको  छ। कलाकारहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आयोजकको तर्फबाट बाजुरा जिल्ला जन्मथलो भइ कर्मथलो नेपालगन्ज बनाउनु भएका श्री पवनराज उपाध्याय र नेपालगन्जका खगेन्द्र न्यौपाने ज्युले कार्यक्रम संचालन गर्नुभएको थियो।

  • सेती कर्णाली खबर
  • -