October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपाली कांग्रेसले अअसार १ देखि नयां तथा पुराना सदस्यता वितरणलाई अनलाइनमार्फत भर्ने

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ २५, २०८० १३:२९
नेपाली कांग्रेसले अअसार १ देखि नयां तथा पुराना सदस्यता वितरणलाई अनलाइनमार्फत भर्ने

२५ जेठ, काठमाडौं। नेपाली कांग्रेसले असार १ देखि नयां तथा पुराना सदस्यता वितरणलाई अनलाइनमार्फत भर्ने तथा रिनुगर्ने भएको छ । पार्टी महामन्त्री गगन थापाले पार्टी सदस्यता अनलाइनमार्फत वितरण गर्ने व्यवस्था गर्न लागिएको जानकारी गराएका छन् ।  सदस्यता नवीकरण तथा नयाँ सदस्‍य दुवै अनलाइनबाटै गर्न महामन्त्री थापाले जानकारी दिए ।

धनकुटाको जिल्ला सम्मेलनमा बोल्ने क्रममा महामन्त्री थापाले असार १ बाट नेपाली कांग्रेसको अनलाइन बाट नयां सदस्यता भर्न सकिने जानकारी गराएका हुन्। पार्टीभित्रको गुट भत्काउनका लागि पनि सदस्यता वितरणलाई नयाँ प्रणालीमा लानुपर्ने उनकाे ठम्याई छ ।

थापाले तन्नेरीहरु बोकेर देश भएपनि त्यसबाट लाभ लिन नसकेको बताए । १०-१५ वर्षमा नेपाललाई विकास गर्न सकिने युवा जनशक्ति भएको बताएका छन् ।
देश परिवर्तनका लागि सुरुमा कांग्रेस सुध्रिन जरुरी रहेकोदेखिएकाे थापाको निचोड रहेकाे छ । ‘देश बदल्न पहिले कांग्रेस बदल्ने जरुरी छ। हामी हाम्रो कांग्रेस बदलौं,’ महामन्त्री थापाले भने,‘सुध्रिएको कांग्रेसले अल्मलिएको देशलाई ठीक ठाउँमा ल्याउँछ । निराश भएको नागरिकलाई उत्साह ल्याउँछ।’कांग्रेस पाटी सुधार्नका लागि गुट भत्काउन आवश्यक रहेको थापाले बताए हुन्। पार्टीका लागि संगठनको भूमिका २० प्रतिशत र नेताको छवि ८० प्रतिशत भूमिकाले काम गर्ने थापाको ठम्याई रहेकाे छ। जनताहरुले‘नेताहरुकाेविश्वास गुमाएकोले उत्साह समेत घटाईसकेकाे बताएका छन् । तर हामिले नेताकाे राम्राे बाेलीकाे हामी सबैले विश्रास लिनुपर्ने कुरालाई पनिमान्नुपर्दछ भनी थपेका छन्।
अरु सबै दल एकै भयतापनि कांग्रेस नडराने समेत बताएका छन् ।चुनाबकाे बेला हामिले जित्नकाे लागि तालमेल गरेका हाै समेत बताएका छन् ।

  • सेती कर्णाली खबर
  • -