December 27, 2024 | शुक्रबार, पुस १२, २०८१

प्रथम मुख्यमन्त्री शाहीद्वारा झुगला बेलिबृजको उद्घाटन, रारा भ्रमणको लागि मोटरबाटो खुल्यो

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख २२, २०८० १0:0२
प्रथम मुख्यमन्त्री शाहीद्वारा झुगला बेलिबृजको उद्घाटन, रारा भ्रमणको लागि  मोटरबाटो खुल्यो

उमेश जङ्ग शाही
२२बैसाख, मुगु – कर्णाली प्रदेश सरकार र खत्याड गाउँपालिका मुगुको संयुक्त लगानीमा निर्माण भएको झुगला बेलिबृजको उद्घाटन कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र शाहीले हिजो बैसाख २१ गते रिवन काटेर गरेका हुन। नेपालगन्ज , सुर्खेत हुँद  कर्णालीकरिडोरको सडक संग जोडिएको झुगला बेलिबृज उद्घाटन भए संगै रारा राष्ट्रिय निकुञ्ज सम्मको मोटरबाटो खुलेको छ।
झुँगला बेलिबृज समुउद्घाटन समारोह कार्यक्रमको अध्यक्षता खत्याड गाँउपालिका अध्यक्ष अज बहादुर शाहीले गरेकाहुन भने प्रमुख अतिथि महेन्द्र शाही कर्णाली प्रदेश प्रथम मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य तेस्तै बिशिस्ट अतिथि ऐन बहादुर शाही प्रतिनिधि सभा सदस्य , मंगल बहादुर शाही कर्णाली प्रदेश सरकारका भौतिकपुर्वाधार तथा सहरी बिकास मन्त्री र मान बहादुर शाही पुर्व भूमिसुधार राज्य मन्त्री विशिष्ट अतिथि रहेका थिए भने अतिथिहरु प्रमुख जिल्ला समन्वय समिति प्रमुख मन्जन कार्की,बाजुरा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल , स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोसी , बुढिनन्दा नगर पालिकाका उप मेयर राम बहादुर बाेहाेरा , हिमाली गाउँ पालिकाकाे उपाध्यक्ष राजकला सार्की , लगायत खत्याड गाउँपालिकाका वडा अध्यक्षहरुले आतिथ्यता ग्रहण गरेका थिए । झुगला बेलिबृज समुउद्घाटन समारोह कार्यक्रममा स्वागत मन्तब्य खत्याड गाउपालिकाको निमित्त प्रमुख प्रसासकिय अधिकृत दिप बहादुर कार्किले राखेका थिय भने कार्यक्रम सञ्चालन रतन बहादुर शाहीले गरेका हुन ।
बाजुराको हिमाली गाउँपालिका र मुगु जिल्लाको खत्याड गाउँपालिका जोड्ने कर्णाली नदिमा बेलिबृज हिजो उद्घाटन भएको छ। ।मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर ८ मा झुगला बेलिबृज पर्दछ। झुँगला देखि रारा राष्ट्रिय निकुञ्ज सिमाना मसाने सम्म २५ किलोमिटर कच्चि सडक निर्माण भइसकेको छ। रारा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकलाई पनि मोटरबाटो बाट आउजाउ गर्न सजिलो भएको छ। मुगुका स्थानीय बासिन्दाहरुलाइ पिठ्युँमा बोकेर खानु पर्ने खाद्यान्न, नुन, तेल जस्ता खाद्य सामाग्री गाडी बाट सहजरूपमा ढुवानि गर्न सकिने भएको स्थानिय बिनिता शाहीले बताइन् ।  गाडी चल्न सुरु गरेपछि बोकेको खाद्य बस्तु, लुगाकपडा दरभाउ भन्दा मोटरबाट ढुवानी भएको खाद्य बस्तु सस्तो भाउमा किनमेल गर्न सकिने शाहीले बताइन।

निर्माण व्यवसायी जलप/रवि चक्र जे.मि. ठेक्का गरेको छ। निर्माणकार्य सम्पन्न  बैशाख महिनाको पहिलो हप्ता काम सम्पन्न भएर हिजो उद्घाटन गरिएको हो । बेलिबृज पुलको लम्बाई ६०.५९ मिटर रहेकोे छ। बेलिबृज पुलको क्षमता २४ टन सम्म धान्न सक्ने गरी निर्माणकार्य गरिएको छ। यसको कुल लागत ३ करोड ५९ लाख ५८ हजार २३ रुपैयाँ ६ पैसा रहेकोे स्थानिय मनसुर कार्किले सेतिकर्णाली खबरलाई जानकारी दिए ।

बेलिबृज समुउद्घाटन समारोहमा बोल्दै कर्णाली प्रदेश प्रथम मुख्यमन्त्री महेन्द्र शाहीले झुगला बेलिबृज उदघाटन भए संगै खत्याड गाँउपालिकाको समृद्धिको ढोका खुलेको र झुगला देखि रारा राष्ट्रिय निकुञ्ज सम्मको कच्चि सडक पाँच वर्ष भित्र कालो पत्रे बनाई छाड्ने प्रतिबद्धता जनाए । झुगला बेलिबृज उद्घाटन भए संगै रारा राष्ट्रिय निकुन्ज भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृदि हुने सम्भावना बढेको छ। कर्णाली प्रदेशका भौतिक पुर्वाधार तथा सहरी बिकास मन्त्री मंगल बहादुर शाहीले झुँगला देखि रारा ताल सम्म सडक निमार्ण गरि कालो पत्रे बनाउने आफ्नो पहिलो काम भएको बताए । तेस्तै झुँगला देखि रारा राष्ट्रिय निकुञ्ज सम्मको बाटोमा पर्यटकहरुका लागि खान बस्न सुबिधायूक्त होटेल तथा होमस्टे नभएका हुँदा सुविधाजनक होटल तथा होमस्टेको बिकास गरि घुमन्ते पाउनाहरुलाई सेवा दिन सके खत्याड गाउँपालिकाका स्थानियहरु आर्थिक उन्नति हुने बाजुरा हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए । खत्याड गाउँपालिकाका स्थानियहरुलाई सदरमुकाम गमगडी जान दुईदिन पैदल यात्रा गर्नु पर्थ्यो अब एकै दिनमा सदरमुकाम सम्म मोटरमा यात्रा गरि पुग्ने स्थानिए पर बहादुर शाहीले बताए । झुँगला बेलिबृज उद्घाटन हुँदा स्थानियहरु ज्यादै खुसि भएका छन । बेलिबृज उद्घाटन समारोह कार्यक्रममा सुरक्षा कर्मि, कर्मचारी , राजनितिक दलका प्रतिनिधि ,पत्रकार ,हुम्ला, बाजुरा लगाएत मुगु जिल्लाका स्थानियबासीहरुको बाक्लो उपस्थिति रहेको थियो

  • सेती कर्णाली खबर
  • -