October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको पहिचान र सम्भावनाको खोजीका लागि बार्जु महोत्सव : मा.जुना दानी

  • सेती कर्णाली खबर
  • बिहिबार, बैशाख २१, २०८० 0६:५१
बाजुराको पहिचान र सम्भावनाको खोजीका लागि बार्जु महोत्सव : मा.जुना दानी

बाजुरा : सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय जुना कुमारी दानीले बार्जु महोत्सवले बाजुराको पहिचान र सम्भावनाको खोजीका लागि महत्वपूर्ण योगदान पुर्याउने बताएकी छन् ।
बुधबार बाजुा जिल्लाको प्रदेश ख अन्तरगत पर्ने बुढीगंगा नगरपालिकाको फालासैनमा सुदुर साहित्य प्रतिष्ठान बाजुराले आयोजना गरेको बार्जु महोत्सवमा शुभकामना दिदै उनले यस्तो बताएकी हुन् ।
सुदुरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमल बहादुर शाहले उद्घा टन गरेको महोत्सवमा बोल्दै माननीय दानीले बाजुरा, समस्या र अभावको मात्रै जिल्ला नभई अवसर र पहिचान र सम्भावनाको जिल्लाकाे रुपमा परिचित रहेकाे  बताएकी छन् । बार्जु महोत्सवले बाजुराको सभ्यता, संस्कृतीको पहिचान गर्नुका साथै सम्भावनाको खोजी गर्न टेवा पुर्याउने उनले बताएकी हुन् ।
उनले फरक प्रसंगमा बोल्दै बाजुराको आर्थिक, भौतिक र सामाजिक विकासका लागि राजनीति दलहरूले एकअर्कालाई कटाक्ष गर्नुभन्दा पनि सहकार्य र सहमतिका आधारमा अगाडी बढ्यो भने समृद्धि र विकास धैरे टाढा नरहेको कुरा पनि जानकारी गराइन् ।
माननीय दानीले आफु प्रदेश सभा सदस्यको हैसियतमा रहँदा बस्दासम्म कमिसन र चलखेलका आधारमा आउने योजनाहरूको अन्त्य गर्ने प्रतिवद्वता पनि जनाएकी छन् । समृद्धि र विकासका लागि सबैले आ(आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउँदै कमिसनमुखी योजनाका भर नपर्न नागरिकलाई समेत सचेत गराएकी छन् ।
बाजुराको समाज रूपान्तरण,सम्भावना  र महिला शसक्तिकरणका लागि लामो समय व्यतित गरेकी माननिय दानीले  पहिचान र संम्भावनाको खोजीका लागि आयोजना गरिएको बार्जु महोत्सव र यसले लिएको दिर्घकालिन संकल्प पुरा गर्नका लागि आफु सदैव तत्पर रहने प्रतिवद्वता समेत व्यक्त गरेकी छन् ।

  • सेती कर्णाली खबर
  • -