October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

७ महिना देखि बाजुराका पहिरो पिडितको ओडारमा बास

  • सेती कर्णाली खबर
  • सोमवार, चैत्र २०, २०७९ १0:३२
७ महिना देखि बाजुराका पहिरो पिडितको ओडारमा बास

२० चैत्र ,बाजुरा  / जगन्नाथ गाउँपालिका  वडा नं ५ का पहिरो पिडितको ७ महिना देखि ओडारमा बास भएको छ। । ५ वडा गोत्रीका रुपधन सार्कीको परिवार विगत ७ महिना देखि ओडारमा बस्दै आएको छन अझै उद्दारहुन सकेको छैन । बस्ने घर भत्कीए पछि सार्कीको सात जनाको परीवार विगत ७ महिना देखि ओडारमा बास बस्दै आएको हो । जगन्नाथ गाउँपालिकाले निमार्ण गरेको देवलकोट सडक खण्डबाट आएको पहिरोले गत असोज ९ गते घर भत्किए पछि उहाँको परीवार विचल्लीमा परेको छ । निमार्ण भएको सडक तल र माथिबाट झरेको पहिरोले बसोवास भईरहेको घर भत्कीए पछि परीवारको उठिवास भएको स्थानिय निराजन सार्कीले बताउनुभयो । पुर्खौ देखिको घर पहिरोका कारण भत्कीएको र अर्काे कुनै बस्ने ब्यवस्था नभए पछि शार्कीको परीवार गाउँ नजिकैको ढुग्रीगाड ओडारको खुला ठाउँमा बस्दै आएको उहाँले बताउनुभएको छ । देवलकोट जाने सडक निमार्ण गर्दा जमिन भाँस्सिएर घर भत्किए पछि अहिले ओडारमा बस्नु परेको जेष्ठ नागरीक सार्कीले बताए।

ज्याला मजदुरीबाट परीवारको गर्जाे टार्ने गरीएको बताउदै उहाँले आर्थिक अवस्था कमजोर हुदा घर निमार्ण गर्न नसकेको देखेसो गर्नुभयो । पहिलेको जस्तो स्वास्थ्य अवस्था पनि राम्रो नभएको र रोजगारी समेत नभएका कारण घर निमार्ण गर्न कठिनाई भएको उहाँले बताउनुभयो । ज्याला मजदुरीबाट परीवारको गर्जो टार्नेकी, आफ्नो भोको पेट, घर लगाउन रकम जुटाउन सकिएको छैन, उहाँले भन्नुभयो । रोजगारी नभएका कारण श्रीमति आफु र छोरा छोरी गरी ७ जनाको परिवारलाई विहान बेलुका छाक टार्न समस्या भएको बताए । छोरीहरुको साहाराबाट जेन तेन परीवार पालिएको छ, छोरीले अरुको काम गरेको दिन विहान बेलुका छाक टर्ने र काम नगरेको दिन भोकै बस्नु पर्ने उहाँले बताउनुभयो । सार्कीका छोरा छोरी र श्रीमति आपागं छन । छोराको जिव्रो नआउने बाँया हात र खुट्टा नचल्ने र श्रीमतीको पनि बायाँ हात नचल्ने गरेको उहाँले बताउनुभयो । छोरा र श्रीमती अपाङ्ग हुँदा समस्या त छदै छ, त्यहि माथि बस्ने घर नहुँदा झनै समस्या थपिएको उहाँले बताउनुभयो । पानी परेको दिन आफन्तकोमा बस्ने गरेको र घाम लागेको दिन ओडारमै बस्ने गरेको भनाई छ। जगन्नाथ गाउँपालिकाले घर निमार्णका लागि सहयोग गर्ने आश्वासन दिए पनि हाल सम्म सहयोग नगरेको सार्कीले गुनासो गर्नुभयो । सडकका कारण भत्केको घरको मुचुल्का तयार गरी घर निमार्णका लागि राहात दिने आश्वासन दिएको महिनौँ बिति सक्दा समेत सहयोग नपाएको सार्कीको गुनासो  गरेका छन।

  • सेती कर्णाली खबर
  • -