October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

प्रदेश सरकारको प्राथमिकतामा काम गर्नु: मन्त्री शाही

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन १९, २०७९ 0९:१0
प्रदेश सरकारको प्राथमिकतामा काम गर्नु: मन्त्री शाही

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले प्रदेश सरकारको प्राथमिकतामा काम गर्न गैरसरकारी संस्थालाई निर्देशन दिनुभएको छ ।

सामाजिक विकास मन्त्रालयले विकास साझेदार संस्थाहरू संग समन्वय बैठकमा बोल्दै मन्त्री शाहीले आफू अनुकुल कार्यक्रम संचालन गर्नु भन्दा पनि प्रदेशको प्राथमिकता काम गर्नु पर्ने निर्देशन दिनुभएको छ । सुदूरका अधिकाँस जिल्लाहरूमा विभिन्न निकायाले संचालन गर्ने कार्यक्रमहरू आफुखुसि गर्ने, परियोजना संचालन गर्दा दोहोरो पन भएको भन्दै अब यस्तो नगर्न समेत निर्देशन दिएका छन।

आज धनगढीको होटेल फलोरामा विकास साझेदार संस्थाहरू संग समन्वय बैठक संचालन भएको थियो  । सामाजिवक विकास मन्त्रालयका सचिव गणेश बहादुरसिहं को अध्यक्षतामा संचालन भएको थियो । कार्यक्रममा सुदूरपश्चिम  प्रदेशका आर्थिक मामिला मन्त्री  नरेश कुमार शाही प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा कार्यरत सम्पुर्ण विकासका साझेदार संस्थाहरूका प्रमुख हरूको उपस्थित रहेका थिए ।

कार्यक्रममा विकासका साझेदार सस्थाहरूका प्रमुखहरूले संस्थाले हाल सम्म गरिरहेका कामहरूको प्रगतिविबरण र आगामि दिनहरूमा गरिने कार्यक्रमहरूको अबस्था बारे जानकारी गराईएका थिए । धनगढी स्थित होटेल फलोरामा संचालन भएको कार्यक्रममा ३० जनाको उपस्थिती रहेको थियो

  • सेती कर्णाली खबर
  • -