October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

होली धमाका सांगीतिक कार्यक्रमका लागि चर्चित डान्सर कविता नेपाली कतार पुगिन्

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन १७, २०७९ १0:१५
होली धमाका सांगीतिक  कार्यक्रमका लागि चर्चित डान्सर कविता नेपाली कतार पुगिन्

शुलभ चन्द 

१७ फागुन, कतार दोहा – चर्चित डान्सर कबिता नेपाली कतार आइपुगेकि छन।
टेलिभिजन रियालिटी शो ‘बुगीबुगी’विजेता कविता नेपाली कतारमा हुन लागेको होलि धमाका कार्यक्रमका लागि कतार आयका हुन।
मार्च २ र ३ तारीक एसियाना दोहोरी गजल रेस्टुरेन्ट एन्ड बारमा हुन लागेको होलि धमाका साँगितिक कार्यक्रम  लागि नेपाली संगै एनटिफ का चर्चित र्यापर माईला,डान्सर रबिन पनि साँगितिक प्रस्तुतिका लागि कतार आयका छ्न ।
होलि धमाका साँगितिक कार्यक्रममा स्थानिय कलाकार बबिता माझी, रुबि, सबिता, प्राप्ति तुलाचन र कमला समेतको प्रस्तुति रहने दोहोरी सांझका संचालक प्रबिन गुरुङले जानकारी दिए।
दुई दिनसम्म आयोजना हुने कार्यक्रममा नेपाली मौलिकता झल्कने नाच,गित,र्याप लगायतलाई समेटेर होलि धमाका कार्यक्रम आयोजना गरेको उनले बताए।
कार्यक्रममा उपस्थित भै भव्यरुपमा सफल पारिदिन दोहा बासी नेपाली समुदायलाई कार्यक्रम संयोजक श्याम पाण्डेले आग्रह गरेका छन्।

  • सेती कर्णाली खबर
  • -