October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढीनन्दा नगरपालिकाको नगर शिक्षा समिति बैठक सम्पन्न ५ वटा महत्वपुर्ण निर्णय पारित

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ २६, २०७९ १६:२४
बुढीनन्दा नगरपालिकाको नगर शिक्षा समिति बैठक सम्पन्न ५ वटा महत्वपुर्ण निर्णय पारित

२६ माघ  बाजुरा– बुढीन्दा नगरपालिका नगर शिक्षा शाखाको बैठक सम्पन्न भएको छ्। नगर शिक्षा शाखाको बैठकले ५ वटा महत्त्वपूर्ण महत्त्वपूर्ण निर्णय गरेका छन्। बैठकको अध्यक्षता नगर प्रमुख जनक कुमार बोहराले गरेका थिए। (१)नयाँ शैक्षिकसत्र २०८० बाट कार्यान्वयन हुने गरि आर्थिक , विपन्न लाई मध्य नजर गर्दै मावि तह (११-१२) सम्म नियम अनुसार लिई रहेको शुल्क समेत नगरपालिकाले ब्यहोर्ने गरि निशुल्क शिक्षा अवधारणा लाई कार्यनयन गर्ने । (२)- स्थानीय भाषा सस्कृतिलाई समेट्ने गरि स्थानीय पाठ्यक्रम निर्माण गर्ने । (३)- विद्यार्थीको पढाई लाई सुधार ल्याउन कक्षा (५,८,१०,) लाई सुधार कक्षा संचालन गर्ने । (४) – चैत ३ गते बाट कक्षा ८ को परिक्षा संचालन गर्ने । (५)- फागुन ५ गते देखि ७ गते सम्म रास्ट्रपति रनिङ सिल्ड कोल्टिमा आयोजना गर्ने  भएकाे छ ।

नगरपालिकाले शिक्षा समन्धी अहिले सम्मकै महत्व पुर्ण निर्णय गरेका छन । याे निर्णय प्रति नगरबासी निकै खुसि भएका देखिन्छन् ।

  • सेती कर्णाली खबर
  • -