October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको प्रदेश (क) का बजारहरुमा अनुगमन , म्याद नाघेका खाद्य सामग्री नस्ट

  • सेती कर्णाली खबर
  • आइतवार, पुस २४, २०७९ 0१:२६
बाजुराको प्रदेश (क) का बजारहरुमा  अनुगमन , म्याद नाघेका खाद्य सामग्री  नस्ट

२४ पुस बाजुरा– बुढिनन्दा नगरपालिका , हिमाली गाउँपालिका र जगन्नाथ  गाउँपालिकाका स्थानिय बजारमा अनुगमन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाजुरा र घरेलु विकास कार्यालयको सयुक्त टोलीले कोल्टी बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद नाघेका पिठो, चाउचाउ, बिस्कुट, भुजिया, नमकिन, चिजबल, चकलेट, चुईगम, मिठाई, कोकाकोला, स्प्राईट, फेन्टा, अवैध सुर्ति लगायत करिब ६४ हजार ५ सय ८४ रकम बराबरका खाद्य सामग्री  बरामद गरी नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन् ।

पछिल्लाे समयमा कालाे बजारीकरण बढेकाे स्थानीयकाे गुनासाे पश्चात प्रशासन बाजुरा र घरेलु विकास कार्यालय बाजुराले संयुक्त बजार अनुगमनमा तिव्रता दिएकाे हाे ।

सनिवार बुढिनन्दा नगरपालिकाको कोल्टी बजार र सुक्रवार    हिमाली गाउँपालिकाकाे धुलाचाैर र जगनन्नाथ गाउँपालिकाकाे पिलुचाैरमा बजार अनुगमन गरि ६४ हजार ३ सय ६५ रकम बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको थियो ।

बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्र बिष्ट, घरेलु विकास कार्यालयका पदम ऐरी, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि लगायत नेपाल प्रहरी र शसत्र प्रहरीको सहभागिता रहेकाे थियाे ।

  • सेती कर्णाली खबर
  • -