October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

भुकम्पको धक्काले घर भत्किँदा ३ जनाको मृत्युु

  • सेती कर्णाली खबर
  • मङ्लबार, कार्तिक २२, २०७९ २२:२५
भुकम्पको धक्काले घर भत्किँदा ३ जनाको मृत्युु

बाजुरा २३ कार्तिक – सुदूरपश्चिममा बुधबार राति भूकम्प जाँदा घर भत्किएर डोटीमा तीन जनाको मृत्यु भएको छ ।
पूर्वी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार सो गाउँपालिकाको वडा नम्बर ३ गैरा गाउँस्थित पदम बोहरा र ठक्कर बोहराको घर भत्किँदा एक महिला र दुई बालबालिकाको च्यापिएर मृत्यु भएको हो । उनले मृतकको संख्या अझ बढ्न सक्ने भन्दै कम्तीमा पाँच जनाको ज्यान गएको बताए । अन्य घाइतेको उद्धार जारी रहेको अध्यक्ष उपाध्यायले जानकारी दिए । ‘स्थानीय उद्धारमा खटेका छन् । सेना, प्रहरी पनि पुगिसकेको छ । थप विवरण बुझ्ने कार्य जारी रहेको छ ।’ पश्चिम टुडेसंग उनले भने । अध्यक्ष उपाध्यायले भूकम्पका कारण धेरै घरहरु भत्किएको बताए ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड बाबाको आश्रम केन्द्रबिन्दु बनाएर राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मंगलबार रातिमात्रै पनि डोटीमै केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो । साभार -paschimtoday.com

  • सेती कर्णाली खबर
  • -