October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा जिप दुर्घटना हुँदा ६ जना घाइते

  • सेती कर्णाली खबर
  • शुक्रबार, कार्तिक १८, २०७९ 00:0७
बाजुरामा जिप दुर्घटना हुँदा ६ जना घाइते

बाजुरा-  बुढीनन्दा नगरपालिका कोल्टीबाट मार्तडी आँउदै गरेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । कोल्टीबाट यात्रु बोकेर मार्तडी आँउदै गरेको जिप बिहिबार दिउसो दुर्घटना भएको हो।
कर्णाली प्रदेश ०२००१ ज ००५७ नम्वरको जीप बुढीनन्दा न.पा. ५ तारुखोला नजिक दुर्घटना भएको छ ।
जिप दुर्घटनामा ६ जना यात्रुहहरु घाइते भएका छन । घाइते हुनेमा बुढीनन्दा नगरपालिका वडा नम्बर १० की ३५ वर्षिया सुकिली वोहरा, बुढीनन्दा नगरपालिका वडा नम्बर ९ का २७ वर्षिय हिक्मत सार्की, बुढीनन्दा नगरपादिलका वडा नम्बर ६ की ३५ वर्षकी  पेमा लामा, हिमाली गाँउपालिका वडा नम्बर ४ की ३५ वर्षकी  सुलोचना जैशी, जगन्नाथ गाँउपालिका वडा नम्बर ४ का ३५ बर्षका राजु भण्डारी र जगन्नाथ गाँउपालिका वडा नम्बर ४ कै ६० वर्षका  बृद्ध पदम बहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।
घाइते ९ जना मध्ये सुकिली बोहरा अवस्था गम्भिरि भएको सबै घाईतेहरुको स्वास्थ्य उपचार कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा भइ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक गीन्द्र बोगटीले जानकारी दिनु भएको छ । जिप चालक समेत घाइते अवस्थामा रहेको वताइएको छ ।
जिप चालक कालिकोटको रहेका छन्।

  • सेती कर्णाली खबर
  • -