October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बागलुङबाट राप्रपाको युवानेता अञ्चल शाही प्रतिनिधि सभा सदस्यमा सिफारिस

  • सेती कर्णाली खबर
  • बिहिबार, भदौ २३, २०७९ 0७:१६
बागलुङबाट  राप्रपाको युवानेता अञ्चल शाही प्रतिनिधि सभा सदस्यमा सिफारिस

बागलुङ – आगामी मंसिर ४ गते हुन गएको प्रतिनिधी सभाको निर्वाचनमा निसीखोला गाँउपालिका वडा नं. ३, बोहरा गाँउका अञ्चल शाही चुनावी मैदानमा उत्रिने निश्चित  भएको छ । उनले प्रतिनिधी सभाको चुनावका लागी बागलुङ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट चुनावी टिकट पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यालय र गण्डकी प्रदेश कार्यालय पोखराबाट नाम सिफारिस भएको हो । अञ्चल शाही गीतकार, हट गजलकार र समाजसेबी ब्यक्ती पनि हुन् । उनी हालः राष्ट्रिय लोेक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितीका अध्यक्ष समेत हुन् ।

अञ्चल शाहीले आफुलाई अमुल्य मत दिई बिजयी गराउन बागलुङबासीहरुलाई अनुरोध गरेका छन् ।  अन्चल शाही हिन्दुराज्य राज्यको पक्षमा रहेको देखिन्छन धर्म निरपेक्षले नेपालको पहिचान मेटाएको र विभिन्न राजनितिक दलका साँसद र सत्तासिन नेताले एमसिसि र एसपिपि जस्ता गलत निर्णय पास गरेको आफुलाई पटक्कै मन नपरेको बताएका छन । बागलुङ जिल्लालाई समृद्ध  बनाउन आफ्ना एजेन्डा यसप्रकार रहेको बताए।                                                 – खाध सुरक्षाको लागि बृक्षारोपण कार्यक्रम  ( कृषि क्रान्ति )

-रोजगारी सिर्जना / बेरोजगारी समस्याको दिर्घकालिन समाधान

– २०४७ पछिका उच्च पद्स्थको सम्पति छानबीन     – भ्रष्टाचार नियन्त्रण गरि सुशासन को प्रत्याभुति

– पुर्ण समानुपातिक निर्वाचन प्रणालि

– हिन्दु राष्ट्र र राज सस्था पुन स्थापना

– शिक्षा ,स्वास्थ ,रोजगार र कृषि मा बिशेष फोकस  नै गर्ने               पर्यटन  सम्भावना भएका ढोरपाटन , निसिखोला , तमानखोला , बडिगाड ,गल्कोट र ताराखोलाका बिभिन्न ठाउँ पहिचान गरि देशकै आम्दानी को प्रमुख स्रोत बनाउने उनको योजना रहेको सेतिकर्णाली खबरलाई बताए । अञ्चल शाहीलाई जितको लागी अग्रिम शुभकामना

  • सेती कर्णाली खबर
  • -