October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

लामो समयसम्म पनि प्रयोगमा आएन माध्यामिक विद्यालयको भवन

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन २४, २०७९ १३:१४
लामो समयसम्म पनि प्रयोगमा आएन  माध्यामिक  विद्यालयको भवन

बाजुरा- वुढीनन्दा नगरपालिका वडा नंम्वर ४को कुरुमा रहेको देवडाडाँ माद्यामिक विद्यालयको भवन अलपत्र अवस्थामा रहेको छ । मावि सञ्चालन गर्ने प्रयोजनका लागि निमार्ण भएको भवन सञ्चालनमा आउन नसक्दा अलपत्र अवस्थामा रहेको पाईएको हो । २०७३ सालमा ३२ लाख लागतमा निमार्ण भएको दुई तले पक्की भवन हाल सम्म पनि प्रयोगमा नआउदा विद्यार्थीलाई पठन पाठनमा समस्या भएको अभिभावकको गुनासो छ । विद्यालय प्रयोजनका लागि भवन निमार्ण भए पनि प्रयोगमा नआउदा अहिले स्थानियको घासँे गोठ वनेको छ । भवन निमार्ण भएको ७ वर्ष विति सक्दा पनि सञ्चालनका लागि कसैले चासो नदिदा भवन जीर्ण वन्दै गएको छ ।

यता निमार्ण भएको भवन स्थानियको घासेँ गोठ वनेको छ, पुराना जीर्ण अवस्थाका भवनमा विद्यार्थीको पठन पाठन हुने गरेको छ । भवन निमार्णका क्रममा एकलांैटि भएको भन्दै स्थानिय विच विवाद देखिदा विद्यालय सञ्चालनमा कठिनाई देखिएको छ । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रंगवीर रोकाया र भवन निमार्ण उपभोक्ता समिति अध्यक्ष वलबहादुर रोकायाले एक लौटी रुपमा भवन निमार्ण गरेको भन्दै स्थानिय विच विवाद हुदा विद्यालय सञ्चालनमा पनि विवाद देखिएको हो । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रंगवीर रोकायाले सहोदर दाई वलवहादुर रोकायालाई निमार्ण समिति अध्यक्ष वनाई भवन निमार्णको जीम्मा दिएको स्थानियको आरोप छ ।

समावेशीताको आधारमा उपभोक्ता समिति वनाउनु पर्ने भए पनि रोकाया दाजुभाईले मनोमानित तरीकाले जग्गा खरीद र भवन निर्माण गरेका स्थानिय बताउछन । आफु विद्यालय ब्यवस्थापन समिति अध्यक्ष भएको नाताले दाईलाई भवन निमार्ण समिति अध्यक्ष वनाई पुरै जिम्मा दिएको स्थानियको आरोप छ । निमार्ण उपभोक्ता समितिको अध्यक्षमा दाई वलबहादुर रोकायालाई राखे पनि भवनको भौतिक तथा आर्थिक कारोवार सवै भाईले नंै गरेको स्थानियले बताएका छन ।

सहमति विना एक लांैटी रुपमा जग्गा खरीद र भवन निमार्ण भएको भन्दै स्थानिय विच विवाद सुजना भए पछि भवनै अलपत्र वन्ने अवस्थामा पुगेको वडा नं चारका वडाअध्यक्ष जुल्फे रोकायाले बताउनुभयो । विद्यालय जस्तो पवित्रस्थललाई राजनितिकरण गर्न नहुने बताउदै उहाँले सवै उपभोक्ताको सहमतिका आधारमा भवन निमार्ण गरीनु पर्ने भए पनि त्यसो नभएको बताउनुभयो । विद्यालय सवैको साझा भए पनि निजि जस्तो वनाईएको प्रति दुख लागेको उहाँले बताउनुभयो ।

जीर्ण अवस्थाको भवन सञ्चालन गर्न कठिनाई भएकोले पुनः रकम विनियोजन गरी भवन निमार्ण हुने र मावि सञ्चालन गरीने उहाँले बताउनुभयो । यो वर्ष रकम विनियोजन भईसकेकोले सम्भव नभएको बताउदै उहाँले अर्काे वर्ष रकम छुट्यायर भवन निमार्ण गरीने बताउनुभयो । कुरुमा अर्काे माद्यामिक विद्यालय नभएको र भएको विद्यालय पनि सञ्चालन गर्न नसक्दा विद्यार्थीलाई पठन पाठनमा समस्या भएको उहाँले बताउनुभयो । यता रोकायाद्धय दाजुभाईले भने भवन निमार्णमा एक लांैटि नभएको बताउदै स्थानियको सहमतिको आधारमा निमार्ण समिति गठन भई भवन निमार्ण भएको बताएका छन ।

भवन निमार्णमा राजनितिकरण भएका कारण विद्यालय सञ्चालनमा कठिनाई देखिएको र निमार्ण प्रक्रियामा पनि केहि अवरोध आएको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रंगवीर रोकायाले बताउनुभयो । उहाँले भवन निमार्णको जग्गा खरीद देखि आर्थिक कारोवार सम्पुर्ण दाजुभाईले एक लांैटी गरे भन्ने समुदायको आरोप सत्यता नभएको बताउनुभयो ।

विद्यालय भवन निमार्णका क्रममा समुदायले भवन र फिल्ड निमार्णका लागि जग्गा दिने सहमति गरे पनि पछि पार्टी विपार्टी भन्दै राजनितिकरण गरीदा स्थानिय जग्गा दिन असहमत भएका उहाँले बताउनुभयो । जेत जेत गरी विद्यालयको भवन निमार्ण गरे पनि फिल्ड निमार्णका लागि जग्गा उपलब्ध नहुदा भवन अपुरो रहेको उहाँले बताउनुभयो । विद्यालय निमार्णका समयमा केहि विवाद उत्पन्न हुदा भवन निमार्णको आर्थिक कारोवार विद्यालयका प्रधानाध्यापक प्रलाद श्रेष्ठबाट भएको बताउनुभएको छ ।

अभिभावकाको लाप्रवाहिका कारण निमार्ण सम्पन्न विद्यालयको भवन सञ्चालन हुन नसकि दिन प्रति दिन जीर्ण वन्दै गए पनि विद्यार्थीलाई पुरानंै भवनको चुईने कोठामा वसेर अध्ययन अध्यापन गर्नु पर्ने वाध्यता छ । आधारभुत कक्षा सम्म अध्ययन अध्यापन हुने देवडाडाँलाई मावि सञ्चालन गर्ने उदेश्यले निमार्ण भएको भवन अलपत्र वने पनि कुनै निकायबाट रेखदेख हुन नसकेको स्थानियको गुनासो छ ।

  • सेती कर्णाली खबर
  • -