October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाइक र वडा कार्यालय तोडफोड गर्नेलाई कार्वाहीको माग गर्दै एमालेले गाउँपालिकामा बुझायो ज्ञापन पत्र

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन २४, २०७९ ११:२९
बाइक र वडा कार्यालय तोडफोड गर्नेलाई कार्वाहीको माग गर्दै एमालेले   गाउँपालिकामा बुझायो ज्ञापन पत्र

उमेश जङ्ग शाही, बाजुरा- नेकपा एमाले स्वामिकार्तिक खापर गाउँकमिटिले स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोसिलाई ज्ञापनपत्र बुझाएको छ। स्वामिकार्तिखापर एमाले गाउँ कमिटि अध्यक्ष नमराज कट्टेल लगाएत  नेता तथा कार्यकर्ताको उपस्थितिमा गाउँपालिका उपाध्यक्षलाई ज्ञापनपत्र बुझाएको हो। गत असार ३० गतेको स्वामिकार्तिक खापर गाउँपालिकाको जारि सुचना अनुसार गाउँपालिकाको आर्थिक अवस्थालाई मध्यनजर गरि भन्ने शब्द राखेर गाउँपालिका अन्तर्गत कार्यरत सम्पुर्ण करार कर्मचारीहरुलाई २०७९ साउन १ गतेदेखि करार सम्झौता म्याद नथपिएका करार कर्मचारीहरुलाई कार्यरत कार्यलयमा उपस्थित नहुन र हाँजिर नलगाउन र उपस्थित भएर दैनिक काम काज गरेमा गाउँपालिकाबाट पाउने सेवा सुबिधा नपाइने आफै वेहोर्नु पर्ने भन्दै ठाडो आदेश जारि गरि बेरोजगारहरुलाई रोजगारी शिर्जना गर्नु भन्दा पनि पाइ – खाई आएको रोजगारी बाट हटाएर स्थानियहरुलाई गाउपालिकाको विभिन्न कार्यालय बाट पाउने सेवा सुबिधाबाट बञ्चित हुन बाध्य बनाएको भन्दै यो स्थानिय सरकार बदनियतपुर्ण र राजनितिक पुर्वाग्रही ढङ्गले प्रस्तुत भएको कुरा नेकपा एमालेको स्वामिकार्तिक खापर गाउँकमिटिको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

साउन२२ गतेको नेकपा एमाले स्वामिकार्तिक खापर गाउँकमिटिको पुर्ण विस्तारित बैठकबाट गाउँपालिकाले गरेको उक्त निर्णय राजनीतिक तिक्तता , पुर्वाग्रही भएको कुरा ध्यानाकर्षण गरि उक्त गाउपालिकाको निर्णय तत्काल सच्याएर कार्यसम्पादनको आधारमा सम्पुर्ण करार कर्मचारीहरुलाई यथासिघ्र कामकाजमा खटाई जनतालाई सेवा सुविधा प्रदान गरि दैनिक कामकाज सहज बनाई नियमित रुपमा सञ्चालन गर्न नेकपा एमाले स्वामिकार्तिक खापर गाउँ कमिटिले अपिल गरेको ज्ञापनपत्रमा जनाएको छ। गाउँपालिकाले करार कर्मचारी हटाएको कारण त्यसबाट पर्न सक्ने अस्वभाविक परिणामको भागेदार स्वयम् गाउँपालिका हुनु पर्ने कुरा समेत अवगत गराएको ज्ञापन पत्रमा लेखिएको छ। नियमित कामकाज गरिरहेका कर्मचारीलाई काम गर्न नदिइ आफुखुसी कुनै प्रक्रिया नपुर्‍याउइ हुकुमि वा मौखिक रुपमा कार्यलय संग सम्बन्धित नभएका व्यक्तिहरुलाई कार्यालयमा खटाई काम काज गर्न लगाइएकोले उक्त कार्य ततकाल बन्द गर्नु पर्ने, वडा नं. ४ का जनता र जनप्रतिनिधिको सहमतिमा पायक पर्ने गरि वाइको घट्टेखोलामा भवन निर्माण भइ सेवा सुचारु भइरहेको हुदा हुदै अपराधिक शैलिबाट केही अराजक समुहले वडा कार्यालय तोडफोड गरि सार्वजनिक सम्पनि आफ्नो नियन्त्रणमा लिएर जनतालाई पायक नपर्ने ठाउँमा लिएकोले तत्काल यसको छानवीन गरि दोषिमाथि आवश्यक कार्वाही गरी घट्टेखोला वडाकार्यालयबाट सेवा सुचारु गर्नु पर्ने र वडा नम्बर ४ को मोटरसाइकल तोडफोड गर्ने व्याक्तिलाई कार्वाही नगरी जनप्रतिनिधिबाटै संरक्षण भएको र स्थानिय सरकार मुखदर्शक भइ बसेको प्रति नेकपाएमाले गाउँकमिटिको गम्भिर ध्यानाकर्षण भएको जानकारी गराउदै उक्त कार्यको घोर भत्सर्ना गरेको छ।
नेकपा एमाले गाउँमिटी अध्यक्ष नमराज कट्टेलको हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेखित मागहरु साउन मशान्त भित्र कार्यान्वयन गर्न माग राखेको छ।     

  • सेती कर्णाली खबर
  • -