October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बिजुली सट भएर घरमा आगलागी

  • सेती कर्णाली खबर
  • बिहिबार, साउन १९, २०७९ 0३:0४
बिजुली सट भएर  घरमा आगलागी

बाजुरा– जिल्ला सदरमुकाम मार्तडी स्थित बडीमालिका नगरपालिका वडा नं. ८ को एक घरमा आगलागी हुदा ११ लाख बढी धनमालको क्षति भएको छ । मंगलबार बिहान मिटर बक्स सट भएर आगो सल्किएको थियो ।

बडिमालिका नगरपालिका वडा न ८ रतुडका कालु कडायतको घरमा बिद्युत सट भएर आगलागी भएको हो । आगलागीबाट ११ लाख बढी धनमालमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

No photo description available.

आगलागीले घर भित्र भएको अन्न, लुगा, लत्ता–कपडा भाँडा–कुँडा लगायतका सबै सामानहरु जलेर नष्ट भएका छन् । आगलागी भएको खबर जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी भएसंगै प्रहरीहरु घटना स्थलतर्फ खटाइएको थियो । आगलागीको क्षतिको विवरण जाँचबुझ गर्दा डेढ तोला सुन, नगद रुपैयाँ ४ लाख ४८ हजार, ५० तोला चाँदी र अन्न वाली भाँडाकुँडा लत्ता कपडा लगायत गरी जम्मा ११ लाख बरावरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

No photo description available.

  • सेती कर्णाली खबर
  • -