October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिकामा शैक्षिक सुधारका लागि शिक्षक र जनप्रतिनिधि बिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • सेती कर्णाली खबर
  • मङ्लबार, असार २१, २०७९ १२:३0
हिमाली गाउँपालिकामा शैक्षिक सुधारका लागि शिक्षक र जनप्रतिनिधि बिचको अन्तरक्रिया  कार्यक्रम  सम्पन्न

२१ असार,बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा शैक्षिक सुधारका लागि शिक्षक र जनप्रतिनिधि बिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

गाउँपालिका रहेका २२ वटा बिधालयका स्थाइ तथा करार स्वयंसेवक शिक्षक र शिक्षिका बिच मंगलबार पालिकाको सभा हलमा कार्यक्रम गरिएको छ। उक्त कार्यक्रम सभा अथिती हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, अथिती वडा न.४ का वडा अध्यक्ष भिमानन्द पाण्डे, वडा न.१ का अध्यक्ष जोख बहादुर भण्डारी, पालिका भरीका स्थाइ तथा स्वयंसेवक शिक्षेक र शिक्षिका तथा रेडियो बुढिनन्दा प्रबन्धक निर्देशक अनिल शाही लगायतको उपस्थितिमा कार्यक्रम सन्चालन गरिएको छ।

बिधालयको गतिविधिलाई अब बाकी समयमा सुधार गर्ने गरि बैठक बसेको छ।स्कुलमा पढाई तिव्र रुपमा अगाडि
बढाइने छ। विधालयमा सबै शिक्षक/शिक्षिकालाई निरन्तरता दिएर बालबालिकालाई पठनपाठनमा सकारात्मक शिक्षा प्रदान गरिने छ। स्कुलको वि.व्य.स. अध्यक्षले पनि आफ्नो पदको जिम्मेवारी निभाउनको लागि स्कुलको प्रधानाध्यापक सहकार्य गराउने काम गरिने छ।

स्कुलमा पढाई भएको छ कि छैन भन्ने नव निर्वाचित जनप्रतिनिधि हरुमा पनि बढी ध्यानाकर्षण हुनुपर्छ । शिक्षा युवा तथा खेलकुद शाखा कार्यालयका कर्मचारी र जनप्रतिनिधि सहित प्रत्येक महिनाको एक पटक स्थलगत अनुगमन गर्ने निर्णय गरेका छन। हरेक महिनाको मासिक विधालय प्रधानाध्यापकसंग गाउँपालिका बैठक बस्ने निर्णय गरेको हिमाली गाउँपालिका शिक्षा संघका अध्यक्ष  मोहन जङ्ग शाहीले बताए ।

  • सेती कर्णाली खबर
  • -