April 24, 2026 | शुक्रबार, बैशाख ११, २०८३

बाढी डुबान तथा आगलागिबाट हुने क्षति न्यूनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सञ्चालन सुरु

  • सेती कर्णाली खबर
  • मङ्लबार, असार २१, २०७९ ११:३९
बाढी डुबान तथा आगलागिबाट हुने क्षति न्यूनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सञ्चालन सुरु

 

ज्ञानेश्वर सहानी / २१ असार, नवलपरासी

पश्चिम नवलपरासीको ७ वटा स्थानीय तह का कक्षा ६ देखि १२ सम्मको विधालयहरूमा जनचेतना मुलक कक्षा सन्चालन आज देखि भएको छ।  बाढी, डुवान तथा आगलानी बाट हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु भएको छ ।

नेपाली सेनाको गोरखदल गण परासीको आयोजनामा बाढी डुबानमा परेकाहरुको कसरी तत्कालै उद्दार गरी जनधनको क्षति बाट बचाउने भन्ने बारे पूर्व तयारी कक्षा सन्चालन अभ्यास सुरु गरेका छ ।

घरायसी प्रयोगका सामगी्र मार्फत पनि बाढीमा डुब्नबाट कसरी बच्न सकिन्छ भन्ने बारे पनि नेपाली सेनाको अभ्यास टोलीले बिधाथीहरुलाई जानकारी गराएको थियो ।

बाढी र डुबानको जोखिमका हिसाबले ७७ जिल्ला मध्ये १७ औँ स्थानमा रहेको पश्चिम नवलपरासीमा हरेक वर्ष वर्षायाममा ठुलो जनधनको क्षति हुदै आएकाले विधाथीहरुलाई समेत सचेत गराउन कक्षा सन्चालन अभ्यास गरिएको प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली सेनाको २२ नम्बर बाहिनी अड्डाका सहायक रथी नवराज गुरुङ्ग सहित शिक्षक , विधाथी लगायतको सहभागिता रहेको थियो ।

  • सेती कर्णाली खबर
  • -