October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

डोटीमा भालुको आक्रमणबाट ५० वर्षीय पुरुष घाइते

  • सेती कर्णाली खबर
  • मङ्लबार, असार २१, २०७९ ११:0८
डोटीमा भालुको आक्रमणबाट ५० वर्षीय पुरुष घाइते

किरण धामी,२१असार, डोटी
भालुको आक्रमणबाट डोटीको पुर्विचौकी गाउँपालिका–१ खिरसैनका ५० वर्षीय नरबहादुर खड्का घाइते भएका छन् । मंगलबार बिहान खड्कालाई घर नजिकै छोरेपानी भन्ने स्थानमा भालुले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टका अनुसार जंगली भालुको आक्रमणबाट घाईते खड्काको मुख र टाउँकोमा घाउ भएका छन् । टाउको, नाक र कानमा गहिरो चोट लागेको छ ।
जिल्ला अस्पताल डोटीमा उनको उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

  • सेती कर्णाली खबर
  • -