October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

प्रहरीद्वारा गोली प्रहार: एक किसोरीको मृत्यु, ४ जना घाइते

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ २४, २०७९ 0७:२0
प्रहरीद्वारा गोली प्रहार: एक किसोरीको मृत्यु,  ४ जना घाइते

बर्दिया – बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन् ।

बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।

स्थानीयले बाटो अवरुद्ध गरेको र खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । प्रहरीतर्फ हबल्दार पार्वता खड्कालगायतका घाइते भएका छन् ।

मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीका अनुसार सोमबार बिहान ८ बजेतिर खेतमा खनजोत गर्दै गर्दा स्थानीयलाई बाघले आक्रमण गरेको थियो । त्यसपछि स्थानीय होहल्ला गरेर बाघलाई धपाउन सफल भए । घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाइयो। – onlinedabali.com

  • सेती कर्णाली खबर
  • -