October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालिमा गाउपालिकामा मलेरिया रोग पत्ता लगाउन आर.डि.टी. र पि.सि.आर. परिक्षणका लागि रगत संकलन

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ २४, २०७९ 0१:३२
हिमालिमा गाउपालिकामा मलेरिया रोग पत्ता लगाउन आर.डि.टी. र पि.सि.आर. परिक्षणका लागि रगत संकलन

बाजुरा – जिल्लाको हिमाली गाउँपालिका वडा न.६ को समुदायमा मलेरिया रोग पत्ता लगाउन आर.डि.टी. र पि.सि.आर. परिक्षणका लागि रगत संकलन गरिदै हिमाली गाउँपालिका स्वास्थ शाखाको धुलाचौर आधारभुत स्वास्थ केन्द्र ल्याब कर्मचारी दिपक भण्डारीले बताएको छन।

स्वास्थ मन्त्रालय एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौ कार्यक्रम अन्तर्गत बाजुरा जिल्लाको हिमाली गाउँपालिका स्वास्थ शाखाको धुलाचौर आधारभुत स्वास्थ केन्द्रको आयोजना मा जेष्ठ २१ गते बाट मलेरिया रोग पत्ता लगाउन ज्वरो आएको १४ दिन बिरामी भएर पुगेको सबै मान्छेलाई मलेसिया रोगको पत्ता लगाउन R.D.T र P.C.R परिक्षाण कार्य गरिएको हिमाली गाउँपालिका नि.प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भएको छ।

विश्व भर फैलिएको मलेसिया रोगलाई नियन्त्रण गर्नको लागि समयमै रोगको परिक्षण कार्य सुरु गरि मलेरिया रोग पत्ता लगाउन हामीले प्रत्यक्ष समुदाय गएर स्वास्थ शाखा धुलाचौर आधारभुत स्वास्थ केन्द्र बाट गाउँ गाउँमा गएर ल्याब सहित कर्मचारी खटाइएको हिमाली गाउँपालिका वडा न.६ मा पर्ने बोल्डिक, धिम, पाँडीको बस्तीलाई लक्ष्यित पार्दै समुदायमा रहेका मानिसलाई मलेरिया रोग सम्बन्धि चेकजाँच को लागि आर.डि.टी. र पि.सि.आर परिक्षण कार्यको लागी संकलन गरि रोग नियन्त्रण गर्नेको लागि रोगको परिक्षण गरिएको छ।

  • सेती कर्णाली खबर
  • -