October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

यात्रुबाहक बस दुर्घटना, ९ जनाको मृत्यु

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ २२, २०७९ 0६:५३
यात्रुबाहक बस दुर्घटना, ९ जनाको मृत्यु

भैरहवा-परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा ९ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।

ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो ।

चौतीस जना यात्रु सवार बस खोलामा खस्दा घाइते भएकाहरूको भैरहवास्थित मेडिकल कलेज र भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । – laltinkhabar

  • सेती कर्णाली खबर
  • -