October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिकमा टेक्टर सहित फेरी दुर्घटना

  • सेती कर्णाली खबर
  • शुक्रबार, चैत्र १८, २०७८ 0३:५९
स्वामिकार्तिकमा टेक्टर सहित फेरी दुर्घटना

उमेश जङ्ग शाही बाजुरा,      स्वामिकार्तिक खापर गाउपालिकाले भर्खरै स्वामिकार्तिक लाई सडक सञ्जालमा जोड्नको लागि फागुन ३० गते फेरीको समुद्घाटन गरेर सन्चालनमा ल्याएको थियो । महिना दिन नवित्दै पानिको बहाव बढेसंगै माल बाहक टेक्टर,जिप फेरिबाट कर्णालीनदिमा वार पार गर्दै आइरहेको थियो । आज बिहान८:३० बजे खालि टेक्टर स्वामिकार्तिक बाट जगन्नाथ तिर तार्ने क्रममा फेरिको जगन्नाथ तिरको पिल्लरको याङ्करको वेल्डिङ भाच्चिदा फेरि कर्णाली नदिको तिरमा सपोर्टरले थुनेर राखेको छ। उक्त फेरीमा भे१ त९४३१ नम्वरको टेक्टर फेरिमा जोखिम अवस्थामा छ। टेक्टर र फेरीलाई सुरक्षित ठाउमा ल्याउनका लागि स्वामिकार्तिक गाउपालिकाले स्काइभेर घटना स्थलमा ल्याउन भनी सकेको गापा निमित्त प्रसासकिय अधिकृत पारस बहादुर शाहीले जानकारी दिनु भएको छ । फेरि चालक दिपजङ नाथका अनुसार पानिको वहावले फेरि नदिको किनारमा पुग्ने क्रममा लक लगाउने बेला पिल्लरको याङकर भाच्चिएको हो बताएका छन। स्वामिकार्तिकका स्थानियहरुमा निराशा छाएको छ।

  • सेती कर्णाली खबर
  • -