October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

संघीयता पछिको बिच्छ्याँ

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र १७, २०७८ १४:२१
संघीयता पछिको बिच्छ्याँ

उमेश जङ्ग शाही / महेश कार्की बाजुरा,
बाजुरा जिल्ला सदरमुकाम देखि हिमाली गाउँपालिका सम्म जानका लागि  ४० कोष टाढा र ९ ओटै स्थानिय तह मध्यको ४४ प्रतिशत बिच्छ्याँको भुभागले ओगटेको छ ।                                         जल, जमिन, वनजङ्गल, र जडिबुटीको अथाह सम्भावना बोकेको छ । हिमाली गाउँ पालिकाको केन्द्र धुलाचौर बाट गाडी चढेर आधा घन्टाको यात्रा पछि कुवाडी पुगिन्छ । कुवाडी बाट बिछ्याको यात्रा सुरु हुन्छ । कुवाडी खोला हुँदै घनाघोर जङ्गल ठुला ठुला पहाड संगै उकाली र ओराली गरेर करिब ६ घन्टाको पैदल यात्रा पछि साबिक बिच्छ्या गाबिसको केन्द्र बिच्छ्या पुगिन्छ । त्यहाँबाट उतर तिर वडा नम्बर ३ नेटा, युना ,बौडी, गुम्बा ,लाम्पाटा, का गाउँ हुँदै दुई दिनको पैदल बाटो हिडेर सैन पुग्न सकिन्छ ।                                                                                                                  बिच्छ्या बाट पश्चिम तिर देउसैन, टिन, तरिखोला, बाम जस्ता गाउँहरु हुँदै पेठे गाउँको लामो अति सुन्दर झरना हेर्न हेर्न सकिन्छ । दक्षिणतिर कोटिगाउ, कोट ,रुम्दी, किउडी ,र सुपका गाँउहरु हुँदै कुवाडी पुगिन्छ। मोति झौ टल्किने हिमाल बहुमुल्य जडिबुटी र पाटन भरी अनेक प्रकारका रंगीचंगी फुलले बिच्छ्याको सुन्दरतामा रंग भरेको छ ।अभाव अशिक्षा भौगोलिक विकटता सङ्ग जुधी रहेका बिच्छ्या बासी जनता अहिले संघीयता पछि अलि अलि सरकार भएको आभास गरि रहेका छन । अनेकौं समस्या सङ्ग मितेरी लगाउँदै जीवन जिउनु पर्ने बाध्यता छ ।
पहिले पहिले चार दिनको बाटो हिडेर कोल्टी बाट दैनिकी उपभोग्य बस्तु लिनु पर्ने समस्या रहेको बिच्छ्यामा अहिले कवाडी सम्म नुन डिपो र चामल डिपो पुगेको छ । सामान्य बिमारी हुदा सिटामोल समेत पाउन गाह्रो हुने ती दुर्गमका गाउँ हरुमा अहिले स्वास्थ चौकी स्थापना गरेर स्वास्थकर्मि उपचार सेवा देख्न पाईन्छ । पहिले बिमारी हुदा घरमै प्राथमिक उपचार जडिबुटी खाएर बस्ने गरेको थियौ अहिले हप्ताको एक दिन औसधि बोकेर स्वास्थ कर्मी गाउँमै पुग्छ्न र बिमारी लाई चेकजाँच गरेर औषधि दिएर जाने गरेको बताउछ्न हिमाली गाउँ पालिका वडा नम्बर तिन गुम्बाका स्थानीय किस्न लामा ।                                                                                 एक बस्ती बाट अर्को बस्ती पुग्न ५/६ घन्टा पैदल यात्रा गर्नु पर्ने समस्या संगै टेलीफोनको भने निकै समस्या रहेको छ । बिश्वले सञ्चार जगतमा निकै फट्को मारिरहेका बेला बिच्छ्यामा भने टेलीफोन सेवा प्रभावकारी छैन । टेलीफोन नहुदा जनजीवनमा निकै कष्टकर हुने गरेको र दुखी बिमारी हुदा आफन्त सम्म खबर पुर्याउनु परे घर बाट टाढा डाँडा रुख चडेर फोन गर्नु पर्ने समस्या रहेको स्थानीयहरुको गुनासो छ। बिगतका दिन हरुमा हस्पिटल टाढा हुने र बच्चा लाई खोप समेत लगाउन थाहा थिएन तर यतिखेर गाउँमा स्वास्थ चौकी स्थापना भए पछि सामान्य उपचार सहित खोप सेवा सजिलै पाउने गरेको वडा नम्बर १का स्थानिय चिरन्जिवि रोकायले बताएका छन।                        पुख्र्यौली देखि कुवा र खोलाको पानी खाने गरेका बिछ्याका जनताले अहिले हिमाली गाउँ पालिकामा एक घर एक धारा कार्यक्रम अन्तर्गत प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा घर घरमा धारा देख्न पाइन्छ । घरघरमा पानी पुगे पछि बिच्छ्याका जनताले अलिअली भएपनि आफुलाई खान पुग्ने गरि तरकारी खेती सुरु गरेका छ्न । साविकको बिछ्या गाबिसमा २ वटा माध्यामिक बिधालय र ८ओटा आधारभूत गरि १० वटा बिधालय रहेका छन । तर दस वटा बिध्यालय हुदा पनि एस.ई.ई माध्यामिक तह पास गरेपछि माथिल्लो तहको अध्यायनको लागि तीन दिनको बाटो हिडेर कोल्टि जानू पर्ने समस्या उस्तै रहेको एकजना बिध्याथी राम ब थापाले बताए । थापाका अनुसार अलि अलि पुजि हुनेका बालबालिका कोल्टी लगायत जिल्ला बाहिर गएर अध्यान गर्छन नत्र प्रायजसो बिद्यार्थी हरुले माध्यामिक तह पछि अध्यायन गर्ने रहर हुदा हुँदै पनि बाध्यताले बिध्यालय छोड्ने गरेको पाईन्छ । गाउँ पालिकाले अझै शिक्षा क्षेत्र लाई गुणस्तर बनाउन विभिन्न शैक्षिक कार्यक्रम बनाई रहेको छ। यो आर्थिक बर्षमा धुलो मुक्त बिध्यालय कार्यक्रम सुचारु गरेर सबै बिध्यालयमा प्रयाप्त मात्रामा डेस्क,बैन्च
र कार्पेट बितरण गरेको छ । हिमाली गाउँ पालिका खडेरीले गर्दा भोकमरी हुने भएकाले गाउपालिकाले त्यहाँ का जनताको आर्थिक अवस्था लाई माथि उठाउन फलफूल खेतीको लागि र खाद्य शुरक्षाका लागि वृक्षारोपण कार्यक्रमको सुरुवात गरेको गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज ब भन्डारिले बताउनु भयो । प्रतिव्यक्ति ४ वोटका दरले गाउपालिका भरि स्याउ२४००० , ओखर १३५००, कागति ४०००,अनार३०००,र आँपक १५०० वोट फलफुलका बिरुवा घर परिवार बराबर २० बोट फलफूलका बोट बितरण गरेको र फलफूलका बिरुवा लगाए वाफत प्रती बोट बराबर पाँच केजि चामल समेत उपलब्ध गराउने गरेको छ। यो बर्ष मात्रै हिमाली गाउँ पालिकाको वडा नम्बर एक बाममा कृषि ज्ञान केन्द्र बाजुरा र गाउँ पालिकाको साझेदारीमा १३ सय बोट एक बर्षमै फल्ने इटालियन फुजी स्याउ रोपिएको बामका स्थानीय जोखेलाल भन्डारिले बताउनु भएको छ । भौगोलिक विकटता कारणले बिछ्या अझै सडक संजालमा जोडिन सकेको छैन। विच्छ्यामा भने छुवाछुतको असमानता छैन  जातजातिमा उच निच र छाउपडि पर्था भने पुर्णरुपले अन्मुलन भएको छ। हिमालि गाउँलिकामा बाजुराको अरु स्थानिय तह भन्दा यहाँ  ६५ वर्ष देखि ६९ वर्ष सम्म ज्यष्ठनागरिकहरुलाई मासिक रु २००को दरले सामाजिक सुरक्षा भत्ता  उपल्ब्ध गराउदै आएको हिमाली गाउपालिका अध्यक्ष  गोविन्द बहादुर मल्लले बताउनु भयो । स्थानिय सरकारले गरेका कामहरु देखि स्थानीयहरु खुसि देखिन्छन । विच्छ्या नजिकै नेटामा भर्खरै  गाउपालिकाको पहलमा प्रहरी चौकि पुनःस्थापना भएको छ। कुवाडी खोलामा निर्माण भइरहेको विद्दुत पावरहाउसमा जलिसकेको छ भने विद्दुतको लाइन विस्तार भइरहेको छ।

  • सेती कर्णाली खबर
  • -