October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सत्तारुढ पाँचदलीय गठबन्धनका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कमजोर हुँदै – सेती कर्णाली खबर

  • सेती कर्णाली खबर
  • बुधबार, पुस २१, २०७८ 0४:२१
सत्तारुढ पाँचदलीय गठबन्धनका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कमजोर हुँदै – सेती कर्णाली खबर

 

२१ पुस काठमाडौं ,सत्तारुढ पाँचदलीय गठबन्धनका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कमजोर हुँदै  गएको छ। तीनै तहको निर्वाचन नजिकिँदै जाँदा प्रतिपक्षी दल एमालेलाई आफ्नो विरासत जोगाउन सकस हुने देखिएको छ ।

राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते भइरहेको छ । यसमा पनि पाँचदलीय गठबन्धन बलियो रुपमा देखिएको छ । कांग्रेसको निर्णय बमोजिम नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सहमति जनाउन थालेका छन् । राष्ट्रिय सभाको निर्वाचनमा सबैभन्दा ठूलो धक्का प्रतिपक्षी दल एमालेलाई पुग्ने आंकलन गरिएको छ ।
गठबन्धनलाई लामो समय टिकाएर लैजाने प्रयत्नमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई मनाइसकेका छन् । शेखर कोइरालाको भने देउवाले प्रवाह गरेको देखिदैन ।

कांग्रेस स्रोतका अनुसार पौडेलले आगामी दिनमा राम्रो जिम्मेवारी पाउने भएका छन् । निर्वाचन नजिकिँदै जाँदा पौडेल चुप बसेका हुन । नत्र भने उनलाई सकस हुने पक्का छ । पौडेल आफू जसरी भएपनि यो निर्वाचनबाट प्रतिनिधि सभा सदस्य बन्न चाहान्छन् ।

यता गठबन्धनका कारण एमालेमा किचलो शुरु भएको छ । गठबन्धनले क्लिनस्वीपको रणनीति अख्तियार गरेकोले पनि एमाले संकटमा परेको हो ।

सत्तारुढ पाँचदलीय गठबन्धनका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कमजोर बन्दै गएको छ । तीनै तहको निर्वाचन नजिकिँदै जाँदा प्रतिपक्षी दल एमालेलाई आफ्नो विरासत जोगाउन सकस हुने देखिएको छ ।

राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते भइरहेको छ । यसमा पनि पाँचदलीय गठबन्धन बलियो रुपमा देखिएको छ । कांग्रेसको निर्णय बमोजिम नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सहमति जनाउन थालेका छन् । राष्ट्रिय सभाको निर्वाचनमा सबैभन्दा ठूलो धक्का प्रतिपक्षी दल एमालेलाई पुग्ने आंकलन गरिएको छ ।

गठबन्धनलाई लामो समय टिकाएर लैजाने प्रयत्नमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई मनाइसकेका छन् । शेखर कोइरालाको भने देउवाले प्रवाह गरेको देखिदैन ।

कांग्रेस स्रोतका अनुसार पौडेलले आगामी दिनमा राम्रो जिम्मेवारी पाउने भएका छन् । निर्वाचन नजिकिँदै जाँदा पौडेल चुप बसेका हुन । नत्र भने उनलाई सकस हुने पक्का छ । पौडेल आफू जसरी भएपनि यो निर्वाचनबाट प्रतिनिधि सभा सदस्य बन्न चाहान्छन् ।

यता गठबन्धनका कारण एमालेमा किचलो शुरु भएको छ । गठबन्धनले क्लिनस्वीपको रणनीति अख्तियार गरेकोले पनि एमाले संकटमा परेको देखन्छ। -okjanata

  • सेती कर्णाली खबर
  • -