October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नारायणहिटी दरबार भित्र निर्माण हुन लागेको रेष्टुरेन्ट चौतर्फी बिरोध भएपछि मन्त्री आलेले तत्काल रोके

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस २०, २०७८ १४:३८
नारायणहिटी दरबार भित्र निर्माण हुन लागेको  रेष्टुरेन्ट  चौतर्फी बिरोध भएपछि मन्त्री आलेले तत्काल रोके

काठमाडौं । सरकारले नारायणहिटी दरवारसंग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोकेको छ । पूर्व मन्त्री योगेश भट्टराईको पहलमा बन्न लागेको रेस्टुरेन्टबारे चौतर्फी बिरोध भएपछि मन्त्री आलेले एक्सन लिएका  ।

संस्कृति पर्यटन तथा नागरिक उहुन्ड्डयन मन्त्रालयको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको हो ।

तत्कालीन मन्त्री भट्टराई र सचिव यादवप्रसाद कोइरालाले बताससँगको मिलेमतोमा नारायणहिटी संग्रहालय भित्र रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेका थिए । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन सञ्चालन समितिको संरक्षक पर्यटन मन्त्री र अध्यक्ष सचिव रहने व्यवस्था छ ।

‘सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य रोक्न हुन जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ ।

समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले मन्त्रालयले काम रोक्न निर्देशन दिएपछि कम्पनीलाई पत्र काटेर काम रोक्न भनिएको जानकारी दिए । मन्त्रालय स्रोतका अनुसार पर्यटनमन्त्री प्रेम आलेले नै अपारदर्शी तवरले भएको काम रोक्न समितिलाई निर्देशन दिएका थिए ।

सस्तो भाडादरमा जग्गा हात पारेपछि दरबार संग्रहालय परिसर (गेटबाट पश्चिमपट्टी) भित्रै रेस्टुरेन्टका लागि गैरकानूनी ढंगले विभिन्न पक्की संरचना बनाउने र थप्ने काम भइरहेको छ ।

भवन सिंगार्नेदेखि नयाँ भवनमा सटर हाल्ने काम चलिरहेको छ । कानुन विपरीत दरबार परिसरमा विभिन्न संरचनाहरु थप गरेर बगैँचा निर्माणको काम पनि भइरहेकोबारे पर्यटन मन्त्रालयले चासो दिएपछि समितिले काम रोकेको हो ।

रेस्टुरेन्टको भवन क्षेत्रको मात्रै टेन्डर गरेको समितिले अब थप क्षेत्र पनि प्रयोग गर्न अनुमति दिने गरी संरचना बनाउन दिएको छ । संरचनाहरूको नक्सा पास नै भएको छैन ।

करिब १० रोपनी क्षेत्र रेस्टुरेन्टले प्रयोग गर्न लागेको कम्पनीसँग  मासिक अढाइ लाख रुपैया लिने गरी सम्झौता भएको छ । खाली क्षेत्र उपयोग गर्न दिएर थप शुलक लिने दावी समितिको छ ।

  1. त्यसअनुसार पनि नारायणहिटीको जग्गा प्रतिरोपनी मासिक ५० हजार रुपैयाँमा भाडामा लाग्ने अवस्था छ । खाली जग्गा र सटर नभेटिने दरबारमार्ग क्षेत्रमा यो भाडादर निकै सस्तो हो ।
  • सेती कर्णाली खबर
  • -